BIZMANDU
www.bizmandu.com

लोकल ठर्रा भयो विश्वकै खाउँखाउँ लाग्ने पेय, आँपको लस्सी पछारियो

२०६९ साउन २८

लोकल ठर्रा भयो विश्वकै खाउँखाउँ लाग्ने पेय,  आँपको लस्सी पछारियो
लोकल ठर्रा भयो विश्वकै खाउँखाउँ लाग्ने पेय, आँपको लस्सी पछारियो


न्युयोर्क । नामुद जँड्याहाले समेत घुटुक्क निल्दा मुख विगार्ने लोकल ठर्रा विश्वकै उत्कृष्ट ५० पेयहरुको सूचीमा  परेको छ । अमेरिकी संचार कम्पनी सिएनएनले सार्वजनिक गरेको सूचीमा ४१ नम्बरमा पर्न सफल नेपाली रक्सीको बखान गर्ने सिएनएन भन्छ, कोदो वा चामलबाट बनाईने रक्सी नाकमा ठुस्स गन्ध आउँछ र हरहर भइरहेको आँतलाई शितलता प्रदान गर्छ ।  नेपालीहरु चाडपर्व मनाउने क्रममा यसको सेवन गर्छन, हाम्रो विचारमा रक्सि आफंैमा उत्सवको कारण हो ।
सिएनएनको सो सुचीमा भारतको पेय आँपको लस्सी ५० औं नम्बरमा छ । अर्थात पेय पदार्थको सूचीमा लोकल ठर्राले लस्सीलाई समेत पछि पारेको छ । । सिएनएनले २०११ को डिसेम्बरमा प्रकासित गरेको सूचीलाई ११ अगस्ट २०१२ मा पुनः अपडेट गरेको हो । सूचीमा नेपाली रक्सी र उत्कृष्ट १० स्थानमा रहेका पेय पदार्थको स्थान परिवर्तन भएको छैन ।    
सीएनएनको सूचीमा पहिलो नम्बरमा सर्वव्यापि पेय पदार्थ पानी परेको छ भने पानीलाई पछ्याउँदै अमेरीकाको कोकाकोला दोश्रो नम्बरमा, इथियोपियाको कफि तेस्रो, वियर चौथो, चिया पाँचौं स्थानमा परेका छन् । मलेसियाली पेयर एयर माटा कुसिङ छैंटौं स्थानमा छ भने अमेरीकी सुन्तलाको रस सातौं, रेड वाईन आठौं, इंगल्याण्डको जीन र टनिकको मिश्रण नवौं तथा चकलेट र अमेरिकी कन्फेक्सनरी परिकार मार्समाल्लोसको मिश्रण दशौं स्थानमा छ ।

Tata
GBIME
NLIC