BIZMANDU
www.bizmandu.com

मन्त्रिपरिषद्मा पाँच समिति गठन, अर्थमन्त्रीलाई आर्थिकको जिम्मा

२०६९ असार १५

काठमाडौ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीका अध्यक्षतामा पाँचवटा समिति गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सरकारको कार्यसम्पादन नियमावलीबमोजिम राजनीतिक, प्रशासन, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति बनाएको हो । मन्त्रिपरिषद्मा आउने विभिन्न प्रस्तावमा सम्बन्धित समितिमा विज्ञहरूको समेत राय लिई छलफलपछि निर्णयमा पुग्न समिति गठन गरिएका हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा राजनीतिक र प्रशासन, उपप्रधान एवं गृहमन्त्री गच्छदारको संयोजकत्वमा सामाजिक, अर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा आर्थिक तथा पूर्वाधार र पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीको संयोजकत्वमा विधेयक समिति गठन गरिएको छ ।काठमाडौ । मन्त्रिपरिषद्ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीका अध्यक्षतामा पाँचवटा समिति गठन गरेको छ ।

Tata
GBIME
Nepal Life