काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोलामा एक सय रुपैयाँले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले आइतवारका लागि छापावाल सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँ तोकेको छ । यसैगरी संघले तेजावी सुनको मूल्य ५६ हजार ९५० रुपैयाँ तोकेको छ ।
सुन सातको अन्तिम कारोवारी दिनमा सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ५७ हजारको सिमा नाघेको थियो । सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने यथावत रहेको छ । आइतवार चाँदी प्रतितोला एक हजार २५ रुपैयाँमा कारोवार भयो । आइतवार अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्यो । प्रतिऔंक साढे तीन डलर बढ्दै सुनको भाउ आइतवार एक हजार ६२० डलरमा पुगेको छ । सुनसँगै अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा समेत वृद्धि भएको छ । आइतवार अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ११२ डलर पुगेको छ ।