BIZMANDU
www.bizmandu.com

भारत : अनिल अम्बानीले भत्ता घटाए, गत वर्ष साढे पाँच करोड भारु मात्र लिए

२०६९ साउन २८

भारत : अनिल अम्बानीले भत्ता घटाए, गत वर्ष साढे पाँच करोड भारु मात्र लिए
भारत : अनिल अम्बानीले भत्ता घटाए, गत वर्ष साढे पाँच करोड भारु मात्र लिए

नयाँदिल्ली । भारतीय उद्योगपति अनिल अम्बानीले आफ्नो भत्तामा ठूलो कटौती गरेका छन् । सन् २०१०–११ को वित्त वर्षमा अम्बानीले १७ करोड भारु भत्ता लिएकोमा उनले त्यसलाई घटाउँदै सन् २०११–१२ को वित्त वर्षमा जम्मा साढे पाँच करोड भारु भत्ता लिए ।
अम्बानी चारवटा कम्पनी रिलायन्स कम्युनिकेशन, रिलायन्स पावर, रिलायन्स इन्फ्रास्ट्रक्चर र रिलायन्स क्यापिटलका अध्यक्ष हुन्, उनले यी संस्थाबाट वार्षिक १७ करोड भारु भत्ता बुझ्दै आएका थिए ।
अम्बानीले यी कुनै पनि कम्पनीबाट तलव भने बुझ्दैनन्, उनले बोर्ड बैठक र अन्य समितिको बैठकमा उपस्थित भए वापत्त भत्ता लिने गरेका छन् । यी चार कम्पनीको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार अम्बानीले रिलायन्स पावर, रिलायन्स क्यापिटल र रिलायन्स कम्युनिकेशनबाट कुनै पनि कमिशन समेत लिएका छैनन् ।
रिलायन्स कम्युनिकेशनबाट उनले कमिशन नलिएको यो तेस्रो वर्ष हो, उनले हरेक र्ष कमिशन वापतको रकम कम्पनीलाई मिनाहा दिने गरेका छन् । भारतका १३ औं धनी अनिल अम्बानीले रिलायन्स पावरको बैठकमा भाग लिंदा प्रतिबैठक ८० हजार भारु लिने गरेका छन् । त्यसैगरी उनले रिलायन्स पवारबाट एक लाख भारु, रिलायन्स इन्फ्रास्ट्रक्चर र रिलायन्स क्यापिटलबाट दुई लाख ६० हजार भारु भत्ता लिने गरेका छन्  ।
कम्पनी र देशको वित्तीय अवस्था विग्रदै गएपछि अम्बानीले मात्र होइन अरु ठूला उद्योगपतिहरुले समेत आफ्नो तलव र भत्ता कटौती गर्दै आएका छन् । भारती एअरटेलका अध्यक्ष तथा प्रवन्ध निर्देशक सुनिल भारती मित्तलले आफ्नो तलवमा २२ प्रतिशत कटौती गरेका थिए । उनले गतवर्ष जम्मा २१ करोड ३० लाख भारु तलव लिएका थिए । त्यसैगरी आइटी कम्पनी विप्रोका प्रमुख अजिम प्रेमजीले तलव आधा कटौती गरेर एक करोड ९० लाख भारु लिएका थिए ।
भारतका सबैभन्दा धनी मुकेश अम्बानीले पनि आफ्नो तलवमा क्याव लगाएका छन् । उनले रिलायन्स इन्डष्ट्रिजको अध्यक्षका रुपमा चार वर्षदेखि १५ करोड भारुका दरले तलव लिइरहेका छन् ।

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुहोस्

भारतका अरबपति अम्बानीले नेपालको कम्पनी संघाई समूहलाई १० करोडमा बेचे

http://www.bizmandu.com/content/-464.html#.UCeNBqBeP1Q