BIZMANDU
www.bizmandu.com

भारतमा बन्यो दिल्ली–ताजमहल जोड्ने यस्तो दु्रतमार्ग (तस्वीर समाचार)

२०६९ साउन २६

भारतमा बन्यो दिल्ली–ताजमहल जोड्ने यस्तो दु्रतमार्ग (तस्वीर समाचार)
भारतमा बन्यो दिल्ली–ताजमहल जोड्ने यस्तो दु्रतमार्ग (तस्वीर समाचार)

काठमाडौं । काठमाडौंदेखि निजगढसम्म नेपालले दु्रत मार्ग बनाउन सरकारले निजी क्षेत्रसँग प्रस्ताव गरेको छ । झण्डै एक खर्ब रुपैयाँ लगानीमा बन्ने यो सडकको अहिले ट्रयाक खोल्ने काम भैरहेको छ । चार लेनको सडक तयार भए ७६ किलोमिटरको यो सडक यात्रा गर्न जम्मा एक घण्टा मात्र लाग्ने छ ।
दु्रत मार्ग बने काठमाडौं–तराइवीचको यात्रा छोटो मात्र हुनेछैन, यसले नेपालको विकास मोडल पनि परिवर्तन गर्नेछ । दु्रत मार्गको सपना जति सजिलो छ, समस्या पनि त्यति धेरै नै छन् । आखिर दुई दशक बितिसक्दा पनि मेलम्चि खानेपानी योजनाको एक चौथाई काम भएको छैन, पूर्व–पश्चिम रेल मार्ग, निजगढमा अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा आउटर रिंगरोड योजनामा मात्रै छन् ।
काठमाडौं–निजगढ दु्रतमार्गका लागि विकासको जुन मोडल प्रस्ताव गरिएको छ, त्यस्तै मोडलमा भारमा नयाँदिल्लीदेखि आगरासम्म एउटा दु्रतमार्ग तयार गरिएको छ । आखरि यो दु्रतमार्ग कसरी तयार भयो, र अहिले कस्तो देखिएको छ ? तस्वीर समाचार

भारतको राजधानी नयाँदिल्लीदेखि उत्तरप्रदेशको राजधानी आगरा जोड्ने यो सडकको लम्बाई १६५ किलोमिटर छ । नयाँदिल्लीलाई ताजमहलसम्म जोड्ने यो सडक निर्माण–सञ्चालन–हस्तान्त्रण (बुट) मोडलमा भारतको निजी कम्पनी जेपी इन्फ्रास्ट्रक्चरले तयार गरेको हो ।

Tata
GBIME
NLIC


द यमुना एक्सप्रेस वे नाम दिइएको यो सडकबाट नयाँदिल्लीदेखि ताजमहलसम्मको यात्रा दुई घण्टामा पुरा गर्न सकिन्छ, नेशनल हाइवो–२ नाम गरेको पुरानो सडकबाट यात्रा गर्दा नयाँदिल्ली–ताजमहलको दुई सय किलोमिटर दुरी तय गर्न साढे चार घण्टा लाग्छ । यो सडक छ लेनमा बनाइएको छ र विभिन्न ठाउँमा कनेक्ट पनि गरेको छ ।


सन् २००१ मा उत्तरप्रदेशकी तत्कालीन मुख्यमन्त्री मायावतीले यो सडक सिलन्यास गरेकी थिइन् भने विहिवार बिहान भारतका सबैभन्दा कान्छा मुख्यमन्त्री अखिलेश यादवले यो सडक उद्घाटन गरेका हुन् । निर्माण सुरु भएको ४७ महिनामा तयार भएको यो सडक बनाउन जेपी इन्फ्रास्ट्रकटरले एक खर्ब ३३ अर्ब रुपैयाँमा निर्माण गरेको हो ।


ग्रेटर नोयडा, अलिगढ र मथुरा हुँदै जाने यो सडकको दायाँबायाँ अहिले ठूला–ठूला परियोजना सुरु भएका छन्, जस्तो ग्रेटर नोयडामा जेपी इन्फ्रास्ट्रक्चरले नै जेपी स्प्रोट्स सिटी तयार गरेको छ, यही फरमुला वानको रेसिङ ट्रयाक छ भने सडकको दायाँबायाँ ठूलाठूला रियलस्टेट परियोजनामा पनि तयार हुँदैछन् ।

सरकारले यो सडकमा साना गाडीका लागि प्रतिघण्टा न्युनत्तम एकसय किलोमिटर र ठूला सवारीसाधनका लागि न्युनत्तम ६० घण्टाको स्पिड लिमिट तोकेको छ । यो सडकको उद्घाटन भएपछि हिजोबाट सर्वसाधरणका लागि खुला गरिएको छ । अगस्ट १५ सम्मका लागि यो सडक निशुल्क गरिएको छ । सडकको दायाँबायाँ टोल प्लाजा छन, टोल प्लाजामा सातवटा लेन बाइकलाई, छ वटा ले कारलाई र तीनवटा ठूला यातायातका साधनका लागि छुट्टयाइएको छ ।


यो सडकमा यात्रा गर्न कार र जिपले राउण्ड ट्रिपका लागि ५१० भारु, एकोहोरो यात्राका लागि २४० भारु तिर्नुपर्दछ, दुई पाँग्रेले राउण्ड ट्रिपका लागि २४० भारु, एकोहोरो यात्राका लागि १५० भारु तिर्नुपर्दछ । नियमित यात्रा गर्ने यात्रीले प्रति कार र जीपको प्रतिकिलोमिरट भारु दुई रुपैयाँ १० पैसा, बस र ट्रकले प्रतिकिलोमिटर छ रुपैयाँ ६० पैसा, ठूला सवारीसाधनले १० रुपैयाँ १० पैसा तिर्नुपर्दछ । एक महिनामा २० पटकभन्दा बढी यात्रा गर्नेले यो सडकमा २० प्रतिशत छुट पाउने कम्पनीले जानकारी दिएको छ ।


यो सडकबाट भारतको नेशनल हाइवेसँग पनि जोडिन्छ, त्यसैकारण दिल्लीबाट ताजमहलको साथसाथै इटावा, कानपुर, इलाहाबाद पनि जान सकिन्छ, त्यसैगरी यो सडकलाई प्रयोग गरेर ग्वालियर, जयपुर, उदयपुर, अजमेर, जोधपुर, अलवर, मथुरा, वृंदावन पनि जानसकिन्छ । द इकोनोमिक टाइम्सको सहयोगमा