अपडेट
काठमाडौं । नेप्से सूचक पाँच प्रतिशत माथि चढेपछि बिहिवार तेस्रो सर्किट ब्र्रेक लागेको छ । नेपाल स्टकमा तीन पटक सर्किट ब्रेक लागेपछि त्यो दिनको सबै कारोवार रोकिन्छ । अब आइतवार मात्रै नेपाल स्टक एक्सचेञ्ज खुल्नेछ । तेस्रो सर्किट ब्रेक अघि नेपाल स्टक ३० अंकले बढेर ६३० अंक माथि पुगेको छ । दिउँसो साढे १ बजेसम्म चार करोडको कारोवार भएको छ भने कारोवार भएका ३९ सबै कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनी नेपाल लाइफ इन्सुरेनस र नेपाल बंगलादेश बैंकको सेयर मूल्य दश प्रतिशत बढेको छ भने छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत माथि बढेको छ ।
दोस्रो सर्किट ब्रेकपछि बजार फेरी खुल्यो, तर बजार अहिले संयमित हुन थालेको छ ।
बजारमा अहिलेसम्म १७ कम्पनीको सेयर कारोवार भएको छ । १७ कम्पनीको सेयर कारोवार हुँदा कुनै पनि कम्पनीको मूल्य घटेको छैन् । बजार फेरी चार प्रतिशत बढेपछि नेपाल स्टकले दोस्रो सर्किट ब्रेक लगाएको छ । अब एक बजेपछि मात्रै कारोवार सूचारु हुनेछ । एकै दिन नेप्से पाँच प्रतिशतले बढे दिनभर नै कारोवार बन्द हुनेछ ।
१५ मिनेटको सर्किट ब्रेकपछि फेरी बजार खुलेको छ । पहिलो आधा घण्टामा नेपाल स्टकमा जम्मा एक करोड रुपैयाँको मात्रै कारोवार भएको छ ।
लगानीकर्ताले १२ अर्ब कमाए
काठमाडौं । संविधान सभाको निवार्चन पछि खुलेको बजारमा अत्यधिक चाप देखिएपछि बजार उच्चले बढ्यो । कारोबार खुलेको १५ मिनेट मै परिसूचक २१.२८ अंक (३.५४ प्रतिशत ) बढेपछि नेप्सेले सक्रिट ब्रेक लगाएको हो । अब करिब १२ बजेर ३० मिनेटमा बजार सुचारु हुनेछ । देस्रो पटकमा पनि परिसूचक प्रतिशतसम्म बढेमा आधा घण्टाको लागि र दिनभरमा पाँच प्रतिशतसम्मले वृद्धि भए बजार सो दिनको लागि नै बन्द हुन्छ । नेप्सेमा करोबार भएका नेपाल टेलिकम, एशियन लाइफ र बैंकहरुमा जनता, लक्ष्मी, नबिल, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक लगयतको मूल्य बढेको छ ।
काठमाडौं । कारोवार सुरु भएको पहिलो १५ मिनेटमै नेपाल स्टक एक्सचेञ्जमा सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लाग्नुअघि जम्मा आठ कम्पनीको सेयर कारोवार भएको थियो । सबैभन्दा बढी नबिल बैंकको सेयर ९.९६ अंकले बढेर प्रतिकित्ता २४५१ रुपैयाँ पुगेको छ । नेपाल टेलिकमको सेयर पनि प्रतिकित्ता ६६९ रुपैयाँ पुगेको छ भने एनसिसि बैंकको सेयर पनि प्रतिकित्ता ३१४ मा कारोवार भएको छ । सूचक पाँच अंक माथि चढेर बजार खुलेको थियो ।