BIZMANDU
www.bizmandu.com

सरकारसँगको वार्ता विनानिष्कर्ष टुंगियो, यातायात व्यवसायीको आन्दोलन जारी

२०६९ साउन २५

काठमाडौं । आजदेखि सार्वजनिक यातायातको आवगमन बन्द गरेर आन्दोलन गरिरहेका यातायात व्यवसायी र सरकारवीच दिउँसो सिंहदरवारमा भएको वार्ता विनानिष्कर्ष टुंगियो । सरकारले यातायात व्यवसायीका माग सम्वोधन गर्न नसक्ने जानकारी दिएपछि वार्ता टुंगिएको हो । व्यवसायीले यातायात बन्दको कार्यक्रम जारी राख्ने भएका छन् । वार्ता टुंगिएको जानकारी दिंदै नेपाल यातायात व्यवसायी राष्टि्य महासंघका कोषाध्यक्ष सरोज सिटौलाले आन्दोलनका थप कार्यक्रम भोली घोषणा गर्ने जानकारी दिए । व्यवसायी र सरकारवीच हिजो साँझ आठ बजेदेखि राती १२ बजेसम्म भएको वार्ता पनि विनानिष्कर्श टुंगिएको थियो ।
यातायात व्यवसायीहरुले आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै यातायात ठप्प पारेका छन् । ट्राफिक प्रहरीले कारवाहीलाई कडा बनाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीका चार संगठन नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र  नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलन गरेका हुन् ।
व्यवसायीलाई नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघको समेत समर्थन रहेको छ । उनीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्न, यातयात क्षेत्रलाई उद्योग सरह मान्यता दिलाउन, यातायात मन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गर्न र  ट्राफिकले जरिवाना उठाएपछि सरकारबाट दिएको प्रोत्साहन रकम खारेज गर्न माग गरेका हुन् । उनीहरुले यातायात क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम लागू गर्न र पनि माग गरेका छन् ।

Tata
GBIME
Nepal Life