BIZMANDU
www.bizmandu.com

विदेश उपचारमा जाने नेपालीलाई नमस्तेको अफर, सिंगापुरका ३० अस्पतालको सेवा

२०६९ साउन २५

काठमाडौं । चारदशकदेखि पर्यटन प्रवन्धन तथा पर्यटकीय व्यवसायमा आवद्घ नमस्ते समूहले सिंगापुरको हेल्थकेयर कम्पनी मेडिकल एसिया ग्रुपसँग मेडिकल पर्यटनका लागि सहकार्य गरेको छ ।
मेडिकल एसिया ग्रुपस्वास्थ्य क्षेत्रमा प्रसिद्घी हासिल गरेको स्वास्थ्य व्यवसायी समूह भएको नेमस्ते समूहले जारी गरेको प्रेस विज्ञप्तिमा छ । पछिल्ला दिनमा नेपालीहरु विदेशमा स्वास्थ्य उपचार गराउने चलन पढ्दै गएपछि कम्पनीले यस्तो योजना ल्याएको हो ।
स्वास्थ्य उपचारका लागि विदेश जाने समूहलाई लक्षित गरि नमस्ते ट्राभल्स मार्फत सिंगापुरमा स्वास्थ्य सेवा उपलब्ध गराउन लागिएको हो । नेपालीले मेडिकल एसिया समूह मार्फत विभिन्न ३० अस्पतालबाट सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
नमस्ते ट्राभल्सले विदेश जाने नेपालीलाई उपचार पद्घति, डाक्टरी सल्लाह, लाग्ने खर्च लगायतका विषयमा जानकारी दिनेछ । त्यसैगरी कम्पनीले  होटल, भिसा लगायतका प्रबन्ध पनि मिलाउने कम्पनीले जारी विज्ञप्तिमा छ । कम्पनीले सिंगापुरका नागरिकलाई नेपाल घुमाउने योजना पनि बनाइरहेको छ ।

Tata
GBIME
Nepal Life