BIZMANDU
www.bizmandu.com

निगमले वार्तामा बोलाएपछि आन्दोलनमा उत्रिएका ग्याँस व्यवसायी सकारात्मक

२०६९ साउन २५

काठमाडौं । नेपाल आयल निगमले वार्तामा आउन आव्हान गरेपछि आन्दोलनमा उत्रिएका ग्याँस व्यवसायी छलफलमा सहभागी हुन सकारात्मक बनेका छन् । वार्ताका लागि निगमले हिजो वाणिज्य विभागका महानिर्देशक नारायण विडारीको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । आज बसेको ग्याँस उद्योगीको बैठकले शिव घिमिरेको संयोजकत्वमा छलफलका लागि समिति गठन गरेको हो । निगम सञ्चालक समितिको बैठकले आन्दोलन फिर्ता गरेर वार्तामा आउन हिजो व्यवसायीलाइ आव्हान गरेको थियो।
ग्याँस उद्योगले पाउने कमिशन कम भएको भन्दै उद्योगीहरु मंगलवारबाट आन्दोलनमा छन् । उनीहरुले नेपाल आयल निगमले जारी गरेका प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने घोषणा गरेका छन् । ग्याँस व्यवसायीको आन्दोलनलाई पेट्रोलियम डिलर्स एशोसिएशन र ढुवानी संघले समेत साथ दिएका छन् । पेट्रोलियमसम्वन्धी तीन संस्था मिलेर निगमलाई पेल्ने रणनीति तयार गरिएको छ । ग्याँस उद्योग संघले भदौ १ गतेदेखि उपभोक्तालाई खाना पकाउने ग्याँस विक्री नगर्ने चेतावनी दिइसकेका छन् । देशभर ग्याँस ४८ वटा ग्याँस उद्योग छन् ।

Tata
GBIME
Nepal Life