BIZMANDU
www.bizmandu.com

भाडा नबुझाएपछि काठमाडौ मल बन्द गर्ने चेतावनी, पसलेले पनि मल छाड्नुपर्ने

२०६९ साउन २५

भाडा नबुझाएपछि काठमाडौ मल बन्द गर्ने चेतावनी, पसलेले पनि मल छाड्नुपर्ने
भाडा नबुझाएपछि काठमाडौ मल बन्द गर्ने चेतावनी, पसलेले पनि मल छाड्नुपर्ने


काठमाडौं । कर्मचारी सञ्चय कोषले सम्झौता अनुसार भाडा नबुझाएको भन्दै सुन्धारस्थित काठमाडौं मल बन्द गर्ने चेतावनी दिएको छ । कोषसँग सम्झौता गरेका प्रवीरशम्सेर जबरालाई पटक/ पटक भाडा तिर्न ताकेता गर्दा पनि नआएपछि काठमाडौ मल बन्द गर्ने चेतावनी कोषले दिएको हो ।
कोषलेसार्वजनिक सूचना जारी गर्दै साउन मसान्तसम्म भाडा नतिरेमा काठमाडौ मल बन्द गर्न बाध्य हुने जनाएको छ । कोषले  ०६२ साल भदौ १ गते करार सम्झौता गरी १५ वर्षका लागि जबरालाई यो मल जिम्मा लगाएको थियो ।
कोषले साउन मसान्तसम्म एक वर्षको भाडा रकम ‘क’ वर्गको वाणिज्य बैकबाट जमानतको ग्यारेन्टी पेस नगरेमा करार सम्झौता रद्ध हुने जनाकारी दिएको छ ।
हामीले एक वर्षको भाडा वापतको रकम जमानतको ग्यारेन्टी बुझाउनुपर्ने भाडावाल जबरालाई जानकारी गराइसकेका छौ,’ कोषद्वारा जारी सूचनामा भनिएको छ, साउन मसान्तसम्म रकम नबुझाएमा सम्झौता स्वतः रद्ध हुनेछ ।
कोषले करार रद्ध भएर अर्को करार सम्झौता नभएसम्मको लागि काठमाडौं मल बन्द हुने जानकारी दिएको छ । प्रवीर शम्सेरसँग भएको सम्झौता रद्ध भएपछि मलमा पसलकवल गरिरहेका सबैको सम्झौता रद्ध हुने जानकारी दिंदै सबै पसललाई हटाइने जानकारी पनि कोषले दिएको छ ।

Tata
GBIME
NLIC