BIZMANDU
www.bizmandu.com

ब्राडले जोलीलाई दिए साढे तीन करोडको घडी

२०६९ साउन २४

ब्राडले जोलीलाई दिए साढे तीन करोडको घडी
ब्राडले जोलीलाई दिए साढे तीन करोडको घडी



लण्डन । अभिनेता ब्राड पिटले प्रेमिका एन्जेलिना जोलीलाई विवाहको सगुन साढे दुई लाख पाउण्ड(तीन करोड ५० लाख रुपैयाँ) पर्ने घडी दिएका छन् । ब्राडले प्रेमिका एन्जेलिनालाई विश्वको सबैभन्दा महँगो घडी मानिएको पटेक फिलिपे मिनट रिपिटर घडी उपहार दिएका हुन् । सामान्यतया यो घडी लिनका लागि अडर दिएपछि दुइ वर्ष कुनुपर्दछ ।
सुन र मोतीले बनेको यो घडी बनाउनका लागि दुई महिनाको समय लाग्छ । स्वीजरल्याण्डको जेनेभामा हेटक्वाटर भएको यो पटेक पिलिपे कम्पनीको स्वामित्व स्ेटन परिवारमा छ र परिवारका सदस्यले घडीका एक एक पुर्जा परीक्षणपछि मात्रै यो क्रेतालाई हस्तान्त्रण गरिन्छ ।
बसेलमा आयोजना गरिएको घडी मेलामा स्टेन परिवारसँग भेट भएपछि एन्जोलिना जोलीका लागि घडी उपहार दिने योजना ब्राडले बनाएका थिए । छिट्टै जोलीसँग विवाह बन्धनमा बाँधिन लागेका ब्राडले जोलीका लागि अनौठो उपहार दिने सोंचिरहेका थिए, जो एउटा कलाले भरीपूर्ण होस् ।
ब्राड यो घडी लिन आफै जेनेभा पुगेका थिए, उनले यो घडी जोलीलाई विवाहपूर्वको सगुनका रुपमा दिंदैछन् । ४८ वर्ष पुगेका ब्राडले गत अप्रिलमा ३७ वर्षकी जोलीसँग इन्गेजमेन्ट गरेका थिए । उनीहरु छिट्टै फ्रेन्च चाटेउमा विवाह गर्दैछन् । अहिले दुवै जना छ जना बच्चासँग सरेमा बस्दै आएका छन् । द सन्

Tata
GBIME
Nepal Life