BIZMANDU
www.bizmandu.com

बजार थोरै बढ्यो, कारोबार रकममा ६२ प्रतिशत बृद्धि, नाफा बढेपछि मेगाको सेयर आठ प्रतिशत महँगियो

२०७० कात्तिक २१

बजार थोरै बढ्यो, कारोबार रकममा ६२ प्रतिशत बृद्धि, नाफा बढेपछि मेगाको सेयर आठ प्रतिशत महँगियो
बजार थोरै बढ्यो, कारोबार रकममा ६२ प्रतिशत बृद्धि, नाफा बढेपछि मेगाको सेयर आठ प्रतिशत महँगियो

काठमाडौं । सेयर बजार बिहीवार थोरै बढ्यो । कारोबारको मध्य समयमा दुई अंकसम्म बढेको नेप्से परिसूचक पछिल्लो समयमा केही घट्यो । बैंकिङ समूहको परिसूचकमा भइरहेको सुधार थामिएपछि र बीमा लगायतका समूहको परिसूचक घटेपछि बजार ओर्लिएको हो । त्यसको केही समयपछि पुनः बढेको नेप्से बैंकिङ समूहको परिसूचक र नेपाल टेलिकमको सेयर मूल्य घटेपछि आरोलो लाग्यो । एकपटक मात्र कारोबारमा आएको नेपाल टेलिकमको सेयर मूल्य तीन रुपैयाँले घटेपछि साढे दुई बजेतिर नेप्से पनि ओरालो लागेको थियो । अन्त्यमा भने नेप्से परिसूचक ०.२१ अंकले बढ्यो ।
मेघा, कमर्ज एण्ड ट्रष्ट बैंक लगायतको सेयर मूल्यमा भएको वृद्धिले बैंकिङ समूहको परिसूचकमा करिब तीन अंकसम्म सुधार भएको थियो । तर, कारोबारको मध्य समयपछि भने सो समूहको परिसूचक बढ्न सकेन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा चार गुणा नाफा बढेको मेघा बैंकको सेयर मूल्य ८.४६ प्रतिशतले वृद्धि भएको छ । ग्लोबल आइएमइ बैंकसंगको मर्जरको हल्ला चलाएर कमर्ज एण्ड ट्रष्ट बैंकको सेयर मूल्य बढाइएको छ । ग्लोबल बैंकका तीन जना फरफरक स्रोतका अनुसार कमर्ज र ग्लोबलबीच हाल मर्जको कुनै सम्भावना रहेको छैन । तर हल्लाले कमर्ज बैंकको सेयर मूल्य भने ९.५ प्रतिशतले बढेर एक सय ९६ पुगेको छ ।
तीन गुणा नाफा बढेको ग्लोबल आइएमइको सेयर मूल्य करिब एक प्रतिशतले बढेर चार सय ४४ मा किनबेच भएको छ । बैंकको सो दिनको उच्च मूल्य भने चार सय ५६ पुगेको थियो । बैंकिङ र टेलिकम सूचीकृत ‘अन्य’ समूह बाहेक सबै परिसूचक बढेको छ ।
बीमा र होटेल समूहको परिसूचक भने दोहोरो अंकले बढ्यो । ओरियण्टल होटेल र सोल्टि होटेलको सेयर मूल्य बढेका छन् । बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स, नेको, सिद्धार्थ, एनएलजी लगायतका इन्स्योरेन्स कम्पनीको मूल्य बढेपछि बीमा समूहमा सुधार आएको हो । साताको अन्तिम दिन बिहीवार करोबार रकम ६२ प्रतिशतले बढेर १३ करोड पुगेको छ ।

Tata
GBIME
Nepal Life