BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको नाफा १२ प्रतिशतले बढेर २२ करोड पुग्यो, खराब ऋणको अंश पनि बढ्यो

२०६९ साउन २४

सिटिजन्स बैंकको नाफा १२ प्रतिशतले बढेर २२ करोड पुग्यो, खराब ऋणको अंश पनि बढ्यो
सिटिजन्स बैंकको नाफा १२ प्रतिशतले बढेर २२ करोड पुग्यो, खराब ऋणको अंश पनि बढ्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरेनसनलले १२.४१ प्रतिशतले नाफा वढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । नाफाबाट बैंकले सेयरधनीलाई १० प्रतिशतको हाराहारीमा लाभंश बाँड्न सक्छ । बैकको प्रति सेयर आम्दानी पनि १० रुपैयाँ ६१ पैसा छ । बैंकले गत वर्ष ब्याज नख्वाएको (खराव) ऋण उठाएकाले नाफा वढेको हो । यद्यपी व्याज आम्दनी पनि २.७८ प्रतिशतले वढेको छ । बैंकले ७ करोड ९४ लाख रुपैयाँ खराव ऋण उठाएको छ । संभावित नोक्सानीमा ठूलो रकम नछट्याउनु परेको भए बैंकको नाफा थप १० करोड रुपैयाँले वढ्ने थियो ।
बैंकले नाफाबाट संभावित नोक्सानीमा १२.४१ प्रतिशत रकम वढी अर्थात १२ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ । बैंकको अघिल्लो वर्षको भन्दा खराव ऋण पनि केही वढेको छ । बैंकको खराव ऋण १.१७ प्रतिशतबाट वढेर २.०१ प्रतिशत पुगेको छ । यसले बैंकको नाफा केही प्रभावित पारेको हो ।
बैंकको कुल ऋण १५.१९ प्रतिशतले वढेर १४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । निक्षेपको वृद्धि २८.७५ प्रतिशत छ । बैंकको निक्षेप १७ अर्ब ३५ करोड रुपैयाँ छ । निक्षेपको अनुपातमा  ऋण वढ्न नसकेकाले बैंकको कुल ब्याज आम्दानी जम्मा २.७८ प्रतिशतले वढेर ५७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा घरजग्गा ऋण ६.६८ प्रतिशतले घटाएको छ । घरजग्गामा बैंकको ऋण २ अर्ब ५२ करोड रुपैयाँ छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १५.३१ प्रतिशतबाट वढेर १५.५८ प्रतिशत पुगेको छ । मूल्य आम्दानी अनुपात २१.६८ गुणा छ । प्रति सेयर नेटवर्थ १ सय १७ रुपैयाँ छ ।

Tata
GBIME
Nepal Life