BIZMANDU
www.bizmandu.com

किष्ट बैंक र भिवोर विकास बैंकवीचको मर्ज समझदारी टुट्यो, किष्टमा प्रवेश गर्ने प्रभुको तयारी

२०७० कात्तिक १५

काठमाडौं । किस्ट बैंक र भिबोर विकास बैंकवीचको मर्ज प्रक्रिया टुटेको छ । मर्जर समितिको शुक्रबार बसेको बैठकले प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । मर्ज नगर्न सञ्चालक समितिमा छलफल गर्न सिफारिश गर्ने निर्णय संयुक्त मर्जर कमिटिले गरेको छ । यो सहमति पछि दुबै बैंकको सञ्चालक समितिलाई मर्ज प्रक्रिया रद्द गर्न बाटो खुल्छ । संयुक्त मर्जर कमिटीमा किस्टका सञ्चालक समिति तीन जना र भिवोरका अध्यक्ष र एक सञ्चालक छन् । यी दुई सस्था मर्ज हुन गत चैत आठ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

टुट्यो समझदारी: किस्ट बैंक र भिबोर विकास बैंकवीचको मर्ज प्रक्रियाको समझदारी फाइल तस्वीर

Tata
GBIME
Nepal Life

मर्ज हुने सहमति अघि नै ज्योति समूहले किस्ट बैंकको सर्वसाधारण र सस्थापक समूहको केही कित्ता सेयर किनिकसकेको थियो । सञ्चालक समितिले निर्णय गरेपछि मर्ज प्रक्रिया रद्द गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ । यी दुई सस्थाको मर्ज प्रक्रिया रद्द हुने भएपछि प्रभू समूह किस्ट बैंकको सस्थापक सेयर किन्न तयार भएको छ । किस्टका पूर्वप्रबन्ध सञ्चालक कमल ज्ञवाली र पुर्वअध्यक्ष राजेन्द्र शाक्यको नाममा रहेको सेयर किन्न प्रभू समूह तयार भएको हो ।
यी दुई व्यक्तिको नाममा रहेको सेयर किनेर यो समूह सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने योजनामा रहेको किस्ट बैंक स्रोतले बताएको छ । यही समूहको प्रमुख हिस्सा रहेको प्रभ विकास बैंक पनि बाणिज्य बैंक बन्ने योजनामा अघि बढेको छ । किस्टको सञ्चालक समितिमा प्रभु समूहले प्रतिनिधित्व गरेपछि किस्ट र प्रभुबीच मर्जको संभावना पनि बढ्ने, यस विषयमा जानकार स्रोतले बतायो ।

किष्ट र प्रभुवीच तत्काल मर्ज हुँदैन्, ज्ञवाली र शाक्यको सेयर खरिद गरेपछि प्रभुले किष्टको सञ्चालक समितिमा आफ्नो प्रतिनिधी पठाउनेछ । नयाँ सञ्चालक गएपछि किष्टको व्यवस्थापनमा पनि केही हेरफेर तथा थपघट हुने स्रोतले जानकारी दियो । किष्ट र प्रभुको चैतको व्यालेन्ससिट सार्वजनिक भएपछि किष्ट बैंक र प्रभु विकास बैंकवीच मर्जको प्रक्रिया अघि बढाउने विषयमा थप छलफल हुने, स्रोतले जानकारी दियो ।