BIZMANDU
www.bizmandu.com

डान्स स्टुडियो, जिमखाना, मसाज पार्लर… यो गुगलको अफिस हो !

२०६९ साउन २२

डान्स स्टुडियो, जिमखाना, मसाज पार्लर… यो गुगलको अफिस हो !
डान्स स्टुडियो, जिमखाना, मसाज पार्लर… यो गुगलको अफिस हो !

लण्डन । हेडलाइनमा उल्लेख गरिएका सुविधाहर कुनै वल्र्ड क्लास एक्जोटिक बारका होईनन्, यो कुनै पाँच तारे होटलको विशेषता पनि होइन, यो विश्वकै धनी कार्लोस स्लिम हेलुको घरकथा पनि होइन, यो प्रसङ्ग हो, विश्वकै ठुलो इन्टरनेट कम्पनी गुगलको लण्डन अफिसको । जहाँ डान्स स्टुडियो छ, जिम छ, अनि मसाज पार्लर छ, रुफ टप बगैंचा छ अनि अनगिन्ति आराम गर्ने कोठाहरु । यी बाहेक अन्य धेरै सुविधा छ लण्डनमा रहेको गुगलको मुख्यालयमा । लण्डन अफिसको यो बखान कति सुनिरहने, आउनुहोस् हे तस्वीरहरु । किनकी एक हजार शब्दले दिने सन्देशका लागि एउटा तस्वीर काफी छ ।  एजेन्सीहरुको सहयोगमा

कोभेन्ट गार्डेनमा रहेको १६ सय वर्ग मिटर क्षेत्रफलको गुगल लण्डन अफिसमा कर्मचारीहरुको ध्यान डेस्कबाट हटाउनलाई अनेकौं उपाय अपनाईएको छ । कर्मचारीहरु भव्य कुर्सीहरु भएको ठुलो एवं खुल्ला कोठामा आनन्दसँग बस्न सक्छन् । सेन्ट गिल्स टावरको आठौं तल्लामा आउने वित्तिकै भिजिटरहरुलाई ठुलो झण्डाले स्वागत गर्छ ।

कर्मचरीमा सृजनात्मकता विकास गर्न डिजाईन गरिएको यो  अफिसमा रंगहहरुको संयोजन लोभलाग्दो छ । लण्डन अफिसमा मसाज सुविधा र डान्स स्टुडियो सहितको जिम छ । यसैगरी रुफटपमा भएको गार्डेनलाई अस्थायी कार्यक्षेत्र, भोजनगृह, मिटिङ प्वाइन्ट बनाउन सकिन्छ ।

यत्रतत्र सोफा छन्, कुर्चीको कुनै कमी छैन । कन्फ्रेन्स रुमलाई गुगल लुक दिइएको छ भने विभिन्न थिम सहितका कोठाहरु तयार गरिएको छ ।
कार्यकक्ष, मिटिङ रुम होस या कन्फ्रेन्स रुम सबै ठाउँको सजावट भब्य छ ।   र

ङ्गीविरङ्गी वालपेपर, चम्किलो रंगका फर्निचर र आकर्षक पेन्टिङले हरेक कोठालाई भब्य बनाएका छन् । काम गर्दा गर्दै दिक्क मान्ने कर्मचारीलाई इन्स्पायर गर्न छुट्टै कोठाको व्यवस्था गरिएको छ ।

गुगलको पेन्सन ग्रुपले हालै डिजाइन गरेको यो अफिसमा गुगलको लण्डन अफिस सरेको छ । लण्डनमा भएको यो गुगलको तेस्रो कार्यालय हो ।

कार्मचारीलाई कामप्रति उत्प्रेरित गर्ने मुख्य उद्देश्य सहित यस्तो डिजाइन बनाइएको कम्पनीको दावी छ ।

Tata
GBIME
Nepal Life