BIZMANDU
www.bizmandu.com

नेप्सेको सुस्त गतिको वृद्धि निरन्तर, प्रभुका सेयरधनीले कमाए, आइएलएफसीकाले गुमाए

२०६९ साउन २२

नेप्सेको सुस्त गतिको वृद्धि निरन्तर, प्रभुका सेयरधनीले कमाए, आइएलएफसीकाले गुमाए
नेप्सेको सुस्त गतिको वृद्धि निरन्तर, प्रभुका सेयरधनीले कमाए, आइएलएफसीकाले गुमाए


काठमाडौं । प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज ल्याउन जरुरी भएको धितोपत्र बोर्डको निष्कर्ष सहितको समाचार प्रकासित भएकै दिन सोमबार नेप्से परिसुचकले वृद्धिलाई निरन्तरता दिएको छ ।  नेप्से परिसूचक ०.२२ अंकले बढदै ४०३.१५ मा पुग्यो । सोमबार बैंकिङ, जलविद्युत, विमा र उत्पादन तथा प्रशोधन समूहका उपसूचकहरु बढेका छन् भने विकास बैंक, वित्त, होटल र अन्य समूहको परिसुचक घटेका छन् ।
नेप्सेले आफुलाई आधुनिक बनाउन नसकेको भन्दै नयाँ स्टक एक्सचेञ्ज खोल्न जरुरी रहेको निष्कर्ष सहितको अध्ययन धितोपत्र बोर्डले तयार गरेको छ । बोर्डका निर्देशक परिष्ट पौडेलको संयोजकत्वमा गठित टोलीले गरेको सो अध्ययन् केहि दिनमा नै बोर्ड समक्ष प्रस्तुत हुने बताईन्छ ।
२०६९ असार मसान्तसम्ममा इन्टरनेटमा आधारित कारोबार प्रणाली ल्याउन बोर्डले दिएको निर्देशन नेप्सेले पुरा गर्न नसकेकोले पनि बोर्ड नेप्सेप्रति रुष्ट छ । यस्तोमा धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज संचालनकालागि दुई वर्षअघि नै निवेदन दिएर बसेका काठमाण्डौ स्टक एक्सचेञ्ज र नेसनल स्टक एक्सचेञ्जलाई स्वीकृती दिने सम्भावना बढेर गएको छ । यसैपनि बोर्डले दुबै कम्पनीलाई मर्ज भएर आए स्वीकृती दिने संकेत यस अघि नै दिईसकेको छ ।
सोमबार उच्च गुमाउने कम्पनीमा इन्टरनेसनल लिजिङ एण्ड फाइनान्स कम्पनी (आईएलएफसी) परेको छ । कम्पनीको सेयर मुल्य १७ रुपैंया (९.८३ प्रतिसत) ले घटदै प्रति सेयर १ सय ५६ मा आएको छ । यसैगरी उच्च कमाउनेमा प्रभु फाईनान्स कम्पनीको सेयर मुल्य १३ रुपैंया (६.८० प्रतिसत) ले बढेर प्रति सेयर १ सय ५७ मा आएको छ ।
आईतबारको तुलनामा सोमबार कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । आईतबार पाँच करोड रुपैंयाको हाराहारीमा कारोबार भएकोमा सोमबार कारोबार रकम एक करोडभन्दा बढीले बढेर ६ करोड ६ लाख रुपैंया बराबरका १ लाख ७८ हजार १ सय ८३ कित्ता सेयर कारोबार भएको छ ।  
सोमबार उच्च कारोबार गर्ने कम्पनीमा रकमको आधारमा अग्रस्थानमा रहको चिलिमे हाइड्रोपावर कम्पनीको एक करोड ५७ लाख बराबरका सेयर कारोबार भए भने दोश्रो स्थानमा रहेको एभरेष्ट बैंकको ६४ लाख ९४ हजार बराबरको सेयर किनबेच भयो ।

Tata
GBIME
Nepal Life