BIZMANDU
www.bizmandu.com

पेट्रोलियम समस्याका विषयमा भारतसँग नेपालको वार्ता, ग्याँस उद्योगीसँग छलफल

२०६९ साउन २२

काठमाडौ । तेल ल्याउँदा देखिएका समस्याका बारेमा छलफल गर्न आयल निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)का अधिकारीबीच आज रक्सौलमा छलफल हुँदैछ । विहान नौ बजेदेखि सुरु हुने छलफलमा नेपालले तेल ल्याउँदा भोग्नुपरेको समस्या र समाधानका बारेमा छलफल हुनेछ ।
छलफलमा निगमका तर्फबाट निर्देशक सुशिल भट्टराई र आइओसीका तर्फबाट नायब महाप्रवन्धक राहुल भारद्वाज सहभागी हुँदैछन् । रक्सौलबाट तेल ल्याउँदा ट्राफिक जामको समस्याले निगमले हैरानी खेप्दै आएको छ ।
नेपालबाट सबैभन्दा नजिक रहेको रक्सौल डिपोबाट जामकै कारण माग अनुसार तेल आउन सकेको छैन । रक्सौलबाट दैनिक ३ हजार किलोलिटरसम्म तेल ल्याउन सकिन्छ । तर जामका कारण अहिले २ हजार किलोलिटर मात्रै तेल आइरहेको छ ।
ग्यास उद्योगीसँग वार्ता
कमिसन बढाउनुपर्ने माग सहित आन्दोलनको घोषणा गरेका ग्यास उद्योगी र आयल निगमबीच आज फेरी वार्ता हुने भएको छ । विहिवारको वार्ता निष्र्कषविहिन भएपछि आज वार्ता बस्न लागेको हो ।
ग्यास उद्योग संघले आफुले खाईपाई आएको कमिसन बढाएर पाँच प्रतिशत पु¥याउनुपर्ने, ग्यास जनचेतनाका लागि राज्यले १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर आन्दोलनको घोषणा गरेका छन् । संघले आफ्ना माग पूरा नभएमा साउन २३ गतेदेखि ग्यास खरीद नगर्ने र साउन ३० देखि ग्यास बिक्री वितरण नै नगर्ने घोषणा गरेका छन् ।

Tata
GBIME
Nepal Life