BIZMANDU
www.bizmandu.com

एक साता भित्रै सिभिल र एक्सिसबीच संझौता गर्ने तयारी, एक्सिसको स्वाप रेसियोमा सहमति गर्न बाँकी

२०७० असोज १६

एक साता भित्रै सिभिल र एक्सिसबीच संझौता गर्ने तयारी, एक्सिसको स्वाप रेसियोमा सहमति गर्न बाँकी
एक साता भित्रै सिभिल र एक्सिसबीच संझौता गर्ने तयारी, एक्सिसको स्वाप रेसियोमा सहमति गर्न बाँकी

काठमाडौं । सिभिल बैंक लिमिटेडमा एक्सिस डेभलपमेन्ट बैंक गाभ्ने (मर्ज गर्ने) तयारी भएको छ । छुट्टै स्वामित्वमा रहेका यी सस्था मर्ज गर्ने अन्तिम तयारी भइरहेको बैंक सम्बद्ध स्रोतले जनाएको छ । सिभिलले गत वर्ष ८० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गरेर चुक्ता पँुजी दुई अर्ब पुर्याएको थियो ।
सिभिल र एक्सिसबीच सेयर स्वाप रेसियोमा सहमति हुन बाँकी छ । एक्सिसको सेयर मुल्यमा सहमति हुन बाकी रहेको सिभिल बैंक स्रोतले जनाएको छ । सिभिल पक्षले केही सस्तोमा र एक्सिस पक्षले कही बढी मुल्यमा सहमति गर्नुपर्ने अडान राखेको कारण स्वाप रेसियोमा सहमति हुन ढिला भएको हो । आगामी एक साता भित्रै दुई सस्थाबीच मर्जका लागि संझौता हुने गरी प्रक्रिया अघि बढेको बैंकका उच्च अधिकारीले जनाएका छन् । एक्सिसको सञ्चालक समितिले आफ्नो सस्थाको सेयर स्वाप रेसियो प्रतिकित्ता सेयर ८० रुपैयाँ भन्दा बढी हुनुपर्ने अडान राखेको छ । सिभिल पक्षले एक्सिसको सेयर स्वाप रेसियो ६९ रुपैयाँ कायम गर्न प्रस्ताव गरेको छ । मंगलबार स्टक एक्सचेन्जमा एक्सिसको सेयर प्रतिकित्ता ७८ रुपैयाँ र सिभिल बैंकको सेयर प्रतिकित्ता एक सय ३९ रुपैयाँमा कारोबार भएको थियो ।
कर्मचारीको पद मिलानमा पनि केही काम बाकी रहेको छ । एक्सिस डेभलपमेन्ट बैंकको उच्च पदमा रहेका कर्मचारीमा पनि बाणिज्य बैंकको अनुभव कम भएकोले पद मिलान गर्ने विषयमा सहमति गर्न समय लागेको सिभिल बैंकका एक अधिकारीले बताए । दुबै पक्षले वित्तीय समीक्षा सम्पन्न गरिसकेका छन्  भने सञ्चालक समितिमा हुने प्रतिनिधित्वको विषयमा सहमति भइसकेको जानकारी दिइएको छ । पशुपति र उद्यम विकास बैंक गाभिएर गत वर्ष एक्सिस डेभलपमेन्ट बैंक बनेको हो ।
यी सस्थाको मर्ज पछि बन्ने बैंकको चुक्ता पुजी दुई अर्ब ७१ करोड ८१ लाख रुपैयाँ पुग्छ । गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरण अनुसार सिभिलले १२ करोड १२ लाख र एक्सिसले दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । हाल सिभिलको मुख्य कार्यालय र १९ वटा शाखा छन् । एक्सिसको मुख्य कार्यालय र १० वटा शाखा छन् । मर्जपछि मुख्य कार्यालय सहित शाखा संख्या ३० पुग्नेछ ।

Tata
GBIME
Nepal Life