BIZMANDU
www.bizmandu.com

चिलिमेको सेयरमा किन आर्कषित हुँदैछन् ज्ञानेन्द्रलाल प्रधान

२०७० असोज १२

चिलिमेको सेयरमा किन आर्कषित हुँदैछन् ज्ञानेन्द्रलाल प्रधान
चिलिमेको सेयरमा किन आर्कषित हुँदैछन् ज्ञानेन्द्रलाल प्रधान

कुनै समय ज्ञानेन्द्रलाल प्रधान पद्य ज्योति, प्रदीपकुमार श्रेष्ठको समूहमा थिए, उनी यही समूहको साँग्रिला इनर्जीबाट बुटवल पावर कम्पनीको सञ्चालक समेत थिए, उनी त्यतिवेला चिलिमे जलविद्युतको लगानी मोडललाई मन पराउँदैन्थे, भन्थे, भविष्य बुटवल पावरमा छ तर समय अहिले फेरिएको छ, उनले बुटवल पावरलाई बाईबाई गरेका छन्,  चिलिमे मोडल मन पराउन थालेका छन्, यो मोडलको खुलेर प्रशंसा गर्छन्, अझ त्योभन्दा माथि चिलिमे जलविद्युतमा उनी सबैभन्दा ठूलो व्याक्तिगत लगानीकर्ता पनि बनेका छन् । बुटवल पावरदेखि चिलिमेसम्मको प्रधानको यात्रा

विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । बुटवल पावर कम्पनीमा रहेको करीब ५५ करोड रूपैयाको संस्थापक शेयर बेचेका ज्ञानेन्द्रलाल प्रधान चिलिमेमा लगानी बढाइ रहेका छन । अहिले उनी चिलिमेमा धेरै लगानी हुने पहिलो व्यक्तिगत लगानीकर्ता हुन । नेपाल विद्युत् प्राधिकरणको एक करोड २४ लाख ७५ हजार कित्ता (५१ प्रतिशत स्वामित्व) रहेको चिलिमेमा त्यसपछिको ठुलो लगानीकर्ता प्रधान बनेका छन् ।

ज्ञानेन्द्रलाल प्रधान छोरा चेतनका साथ, प्रधानले भारतमा अध्ययन गरिरहेका छोरा चेतनको नाममा दुई लाख ५६ हजार कित्ता सेयर किनेका छन्, उनी चिलिमेमा नेपाल विद्युत प्राधिकरणपछिका ठूला लगानीकर्ता हुन्

Tata
GBIME
Nepal Life

स्रोतका अनुसार करीब साढे दुई लाख कित्ता शेयर उनले छोरा चेतन प्रधानको नाममा किनेका छन । उनले बुटवल पावरको शेयर बिक्री गरेपछि चिलिमेको शेयर किन्न थालेका थिए । प्रधानले भने चिलिमेका मात्र नभएर बुटवल पावरमा पनि आफ्नो साधारण शेयरको हिस्सा ठुलो रहेको बताए । प्रधानले भने, वुटवलमा पनि मेरो ठुलो लगानी बाँकी छ ।
बुटवल पावरले ठुलो रकम कर्जा लिएर आँधी खोलाको स्तरोन्नतीमा लगानी गरिरहेको, न्यादी जलविद्युत्मा पनि ३६ करोड खर्च गरेको तर विद्युत् उत्पादन बारे टुंगो नलागेकोले लगानीकर्ता बुटवल पावरबाट बाहिरिन चहिरहेका छन् । पाँच दशमलव एक मेगावाट विद्युत् उत्पादन गरिरहेको आँधी खोलालाई स्तरोन्नती गरेर नौं दशमलव चार मेगावाट विद्युत् उत्पादनको तयारीमा रहेको कम्पनीले गत मंसीर ६ गतेबाट त्यसका लागि उत्पादन बन्द गरेको छ ।

चिलिमेका दश ठूला सेयरधनी ‍
१. चेतन प्रधान  दुई लाख ५६ हजार आठ सय कित्ता २. बालकृष्ण अवाले  एक लाख ६७ हजार कित्ता
३‍‍ कृष्णगोपाल श्रेष्ठ एक लाख ३७ हजार कित्ता ४. कैलाश विकास बैंक  ८८ हजार कित्ता
५. क्लिन इनर्जी विकास बैंक  ५५ हजार कित्ता ६. गोर्खा विकास बैंक ४८ हजार कित्ता
७ दीपचन्द्र अग्रवाल ४७ हजार नौ सय कित्ता ८ प्रेमबहादुर श्रेष्ठ ४७ हजार कित्ता
९ गौरी श्रेष्ठ  ४६ हजार कित्ता १० शोभादेवी पराजुली  ४१ हजार कित्ता

हाल खिम्ति जलविद्युत्मा १७ प्रतिशत लगानी रहेको बुटवलको केही बर्षपछि स्वामित्वको आधा नेपाल विद्युत् प्राधिकरणलाई जाने छ । केही बर्षदेखि ३ बराबर २ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेको बुटवल पावरले नेपाल धितोपत्र बोर्डमा अनुमति भने अहिलेसम्म मागेको छैन । विसं २०६६ मा बोर्डमा १० बराबर ६.७ को अनुपातमा हकप्रद शेयरको लागि अनुमति मागेको कम्पनीले यो प्रक्रिया बीचमा नै छाडेको थियो । कम्पनीको गत पुसमा भएको २० औं बार्षिक साधारण सभाले पनि तीन बराबर दुई अनुपातमा शेयर निष्काशनको टुंगो लगाउन सञ्चालक समितिलाई जिम्मा दिएको थियो तर अझै पनि यो विषयले पूर्णता भने पाएको छैन् ।  

प्रधानको बुझाइमा चिलिमे जलविद्युत्

प्रधान चिलिमेलाई वृद्धि योजना सहितको कम्पनीको रुपमा हेर्छन । उनी भन्छन्, चिलिमेसंग वृद्धि योजना छ, यही कारण गत आवको वित्तीय विवरण सार्वजनिक भएपछि अन्य कम्पनीको शेयर मूल्य घटे पनि चिलिमेको सेयरमा खासै प्रभाव देखिएन ।’ उनका अनुसार चिलिमेसंग पाँच बर्षको योजना छ र कम्पनीले बिभिन्न आयोजनाहरुमा औसतमा ३५ प्रतिशत शेयर स्वामित्व ग्रहण गर्न लागेको छ । चिलिमेको वेबसाइटमा दिएको जानकारीअनुसार साञ्जेन हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र मध्य भोटेकोशी जलविद्युत् कम्पनी दुवैमा कम्पनीको ३८ प्रतिशत, रसुवागढी हाइड्रोपावर प्रोजेक्टमा चिलिमेले ३३ प्रतिशत शेयर स्वामित्व ग्रहण गर्नेछ ।
प्रधान चिलिमेको बार्षिक मुनाफा दर राम्रो रहेको बताउँछन । गत आव २०६९/७० मा चिलिमेले ९६ करोड ३७ लाख मुनाफा आर्जन गरेको थियो भने बुटवलले २८ करोड ६४ लाख मुनाफा आर्जन गरेको थियो । बुटवलको गत आवको तेस्रो त्रैमासमा भने मुनाफा ३४ करोड ८५ लाख थियो ।
प्रधानका अनुसार चिलिमेले यी आयोजनाहरुमा लगानी गर्न शेयर पूँजी बढाएर हालको एक अर्ब ७४ करोड रकमबाट छ अर्ब पुर्याउनु पर्छ । यसका लागि कम्पनीले हकप्रद शेयर जारी नगरे पनि पुँजी बढाउन सक्ने अवस्थामा कम्पनी छ । उनले भने, ‘कम्पनीसंग यथेष्ट सञ्चिती छ, उसले बार्षिक रुपमा बोनस शेयर दिएर नै छ अर्ब रुपैयाँको पुँजी जुटाउन सक्छ ।’
कम्पनीको आर्थिक वर्ष २०६९/७० को वित्तीय विवरणले कम्पनीको सञ्चिती चार अर्ब २२ करोड १८ लाख रुपैयाँ रहेको देखाउँछ । बोनस शेयर वितरणपछि कम्पनीको प्रति शेयर आम्दानी केही घट्ने भए पनि यसले दिर्घकालमा लगानीतकर्तालाई फाइदा हुने उनी बताउँछन । हाल बुटवल पावर कम्पनीमा पद्यम ज्योतीको नेतृत्व रहेको सांग्रिला इनर्जीको ६८.९५ प्रतिशत, इन्फ्राक्राफ्टको ६.०५ प्रतिशत, सरकारको ९.९ प्रतिशत, सर्वसाधारणको १० प्रतिशत, कर्मचारीको दुई प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १.०६ प्रतिशत र नेपाल ओद्योगिक बिकास निगमको ०.०६ प्रतिशत शेयर स्वामित्व छ ।