BIZMANDU
www.bizmandu.com

लण्डन ओलम्पिकमा आयोजकको मोज, १५ जनालाई ६२ लाखको खाजा, २६ लाखको मदिरा

२०६९ साउन २०

लण्डन । ओलम्पिक पदक तालिकामा अमेरिका, चीन र दक्षिण कोरियाभन्दा पछि परे पनि खर्च गर्ने मामलामा बेलायत अग्रपंक्तिमा आएको छ । ओलम्पिक आयोजक कमिटिका १५ सदस्यहरुले उद्घाटन समारोहका दिन एक रेष्टुरेन्टमा ६२ लाख ३० हजार रुपैंया (४४ हजार ६६० पाउण्ड) को खाजा खाएका थिए, रमाइलो कुरा त के छ भने ती अधिकारीहरुले एक बोत्तल रक्सिका लागि २६ लाख ५० हजार रुपैंया तिरेका थिए । उनीहरुले १९ हजार पाउण्ड पर्ने हेन्नेस्से १८५३ वियर खाएका थिए ।
यसैगरी उनीहरुले रेष्टुरेष्टमा सेवा शुल्कवापत मात्रै छ लाख ९२ हजार (४ हजार ९६२ पाउण्ड) तिरेका छन् । रेष्टुरेष्टमा खाजा खाएको पैसा समान्य भए पनि उनीहरुले सेवा शुल्क र मदिरालाई भने महंगो मूल्य चुक्ता गरेका छन् । यसले उनीहरुलाई मोज गर्ने उद्देश्य भएको स्पष्ट देखिन्छ ।
लण्डनको डोरचेष्टर होटलमा ओलम्पिक अधिकारीले गरेको मस्तीको समाचार बिल सहित एक व्यक्तिले रेडइट नामको सामाजिक संजालमा पोष्ट गरेका थिए । ती ब्यक्तिले होटलको नाम भने खुलाएका थिएनन् ।
हाल उनले सो विल र सन्देश समेत हटाएका छन्, उनले सो होटलमा काम गर्ने आफ्नो साथिको हवाला दिंदै विल सार्वजनिक गरेका थिए । विलसँगै उनले लेखेका थिए, मेरो साथी वेटर हुन र यो ओलम्पिकको उद्घाटन समारोहमा १५ अधिकारीहरुले गरेको खाजा खर्चको बिल, ल हेर हाम्रो पैसा कता गइरहेको छ ।
अमेरिकी अखबारहरुका अनुसार ओलम्पिकका ती वरिष्ठ अधिकारीहरले डोरचेष्टर होटलमा रहेको चाइना ट्याङ रेष्टुरेष्टमा खाजा खाएका हुन् । यस बारेमा बुझनकालागि ओलम्पिक आयोजक कमिटिको कार्यालयमा सम्पर्क गर्नखोज्दा फोन नै नउठेको पश्चिमी अखवारहरुले जनाएका छन् ।

यसैगरी सम्बन्धित होटलमा बुझ्दा होटल कर्मचारीहरुले प्रतिक्रिया छैन भन्ने जवाफ दिएको उनीहरुको भनाई छ । दशौंलाखको खाज खाए पनि शनिवार विहानसम्मको तथ्यांकमा बेलायतले ८ स्वर्ण, ६ रजत र ८ काँस्य गरी २२ पदक जित्दै तालिकामा अमेरिका, चीन र दक्षिण कोरीया पछि चौथो स्थानमा परेको छ । द एटलान्टिक वायर

Tata
GBIME
Nepal Life