BIZMANDU
www.bizmandu.com

भारतले स्वागत गर्यो पाकिस्तानी लगानीकर्ता, भारतमा लगानीको बाटो खुल्यो

२०६९ साउन १८

नयाँदिल्ली । भारत र पाकिस्तानवीचको आर्थिक सम्वन्धलाई नयाँ उचाई दिंदै भारतले पाकिस्तानी लगानीकर्तालाई आफ्नो भूमीमा स्वागत गर्ने फैसला गरेको छ । यो फैसाल अघि भारतमा पाकिस्तानी उद्योगीलाई लगानीको छुट थिएन । भारतीय विदेशमन्त्री एसएम कृष्णा पाकिस्तानको भ्रमण जानु अघि यो निर्णय लिइएको छ । यो निर्णयले भारत र पाकिस्तानवीचको सम्वन्ध सुधारका लागि एउटा ठूलो कदम भन्दै व्याख्या समेत गरिएको छ ।
अब पाकिस्तानको कुनै पनि नागरिक, कम्पनी वा संस्था भारतमा लगानी गर्न सक्छन्, त्यसका लागि पाकिस्तानी लगानीकर्ताले भारत सरकासँग अनुमति लिन भने जरुरी छ । पाकिस्तानी लगानीकर्तालाई रक्षा, अन्तरिक्ष वा परमाणु उर्जा कार्यक्रममा लगानीको स्वीकृती भने बन्देज लगाइएको छ ।
भारतका वाणिज्यमन्त्ती गत फरवरीमा पाकिस्तान जाँदा लगानी खुला गर्ने संकेत गरेका थिए । भारतीय लगानीकर्तालाई भने पाकिस्तानले कुनै रोकतोक लगाएको छैन । तर पाकिस्तानमा बढ्दै गएको हिंसा, दुई देशवीच विग्रदो सम्वन्ध भएका कारण अहिलेसम्म कुनै पनि भारतीयले पाकिस्तानमा लगानी भने गरेका छैनन् ।
पाकिस्तानी लगानीकर्तालाई भारतले विदेशी लगानी सम्वद्र्धन बोर्डबाट अनुमति दिनेछ । यस अघि भारतले बंगलादेशी लगानीकर्तालाई यस्तै अनुमति दिएको थियो । दुई देशवीच आर्थिक सम्वन्ध बलियो बनाउँदै लगे पनि अहिलेसम्म पाकिस्तानले भारतलाई ‘मस्ट फेवर्ड नेशन’को सुविधा भने दिएको छैन । भारतले पाकिस्तानलाई यस्तो सुविधा एक दशक पहिले नै दिएको थियो । इकोनोमिक टाइम्स

Tata
GBIME
Nepal Life