BIZMANDU
www.bizmandu.com

टेलिकम आम्दानी र योजनाको स्टकबाट समर्थन, प्रतिसेयर चार रुपैयाँले बढ्यो

२०६९ साउन १७

टेलिकम आम्दानी र योजनाको स्टकबाट समर्थन, प्रतिसेयर चार रुपैयाँले बढ्यो
टेलिकम आम्दानी र योजनाको स्टकबाट समर्थन, प्रतिसेयर चार रुपैयाँले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा ३६ अर्ब रुपैयाँ आम्दानी गर्ने घोषणा गरेको भोलिपल्ट नेपाल टेलिकमको सेयर मूल्य प्रति कित्ता चार रुपैंयाले बढदै पाँच सय २१ रुपैयाँ पुगेको छ । नेपाल टेलिकमले मंगलबार मात्रै ६.८४ प्रतिसतको वृद्धि अनुमानसहित चालु आर्थिक वर्षमा ३६ अर्ब आम्दानी गर्ने योजना सार्वजनिक गरेको थियो ।
मंगलवारै कम्पनीले  गत आर्थिक वर्षमा प्रक्षेपित भन्दा साढे दुई अर्ब रुपैयाँ बढी आम्दानी गरेको जानकारी पनि दिएको थियो । कम्पनीले २०६८÷६९ को आर्थिक वर्षमा ३३ अर्ब ७० करोड आम्दानी गरेको छ । यो आम्दानी टेलिकम आफैंले २०६८÷६९ मा प्रक्षेपण गरेको ३१ अर्ब नौ करोडभन्दा साढे दुई अर्बले बढी हो ।
दैनिक कारोबार हुँदै आएको नेपाल टेलिकमको सेयर मूल्यमा भएको यो बृद्धि प्रतिसतका हिसावले सामान्य भए पनि टेलिकमको अघिल्लो वर्षको नतिजाप्रतिको सन्तुष्टि र चालु आवको योजनाप्रति लगानिकर्ताको समर्थन जनाउन भने पर्याप्त छ ।
मंगलबार प्रति कित्ता चार रुपैंयाले नै घटेको सेयर मूल्य दोस्रो दिन सोहि दरमा बढनुले कम्पनीप्रति लगानिकर्ताको विश्वास कायम नै रहेको देखाउँछ । यसैगरी अघिल्लो दिन सात हजार नौ सय २५ कित्ता कारोबार भएकोमा बुधबार सेयर संख्या आधा मात्रामा घटनुले लगानीकर्तामा टेलिकमको सेयर होल्ड गर्ने चाह वढेको देखाउँछ । बुधबार कम्पनीका तीन हजार तीन सय ३५ कित्ता सेयर २० लाख दुई हजारमा किनबेच भएका छन् ।  
नेप्सेमा वृद्धि निरन्तर
यता नेप्से परिसुचमा बुधबार वृद्धि नै देखिएको छ । बुधवार नेप्से परिसूचक १.१९ अंकले बढदै ४०२.१८ मा रहेको छ । बुधबार बैंकिङ तथा वित्त बाहेक अन्य समूहगत परिसुचक उकालो लागेका छन् । विगत केहि दिन देखि उच्च मुल्य घटने कम्पनीको सूचीमा अग्रस्थानमा रहको नेपाल आवास फाइनान्स कम्पनीले बुधबार पनि यहि क्रमलाई निरन्तरता दिंदा कम्पनीको सेयर मुल्य १४ रुपैंया (९.७९ प्रतिसत) ले  घटेर एक सय २९ मा आएको छ । यसैगरी एभरेष्ट बैंकको कम्भर्टिबल प्रिफरेन्स सेयर मुल्य छ रुपैंया (९.३८ प्रतिसत)ले बढेर प्रति सेयर सात सय ६५ मा आएको छ ।
बुधबार कारोबार रकममा समेत उच्च वृद्धि छ । मंगलबार चार करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएकोमा बुधबार छ करोड ८९ लाख रुपैंया बराबरको दुई लाख ५८ हजार पाँच सय ६६ कित्ता सेयर भएको छ ।   बुधबार उच्च कारोबार कम्पनीमा अग्रस्थानमा रहको एभरेष्ट बैंकको एक करोड ५२ लाखका सेयर किनबेच भयो । त्यसैगरी चिलिमे हाइड्रोपावर कम्पनीको एक करोड तीन लाख रुपैंया बराबरको कारोबार भयो ।

Tata
GBIME
Nepal Life