BIZMANDU
www.bizmandu.com

भारत : अर्थमन्त्रीको जिम्मेवारीमा चिदम्वरम, खस्कदो अर्थतन्त्रलाई ट्याकमा ल्याउने चुनौती

२०६९ साउन १७

भारत : अर्थमन्त्रीको जिम्मेवारीमा चिदम्वरम, खस्कदो अर्थतन्त्रलाई ट्याकमा ल्याउने चुनौती
भारत : अर्थमन्त्रीको जिम्मेवारीमा चिदम्वरम, खस्कदो अर्थतन्त्रलाई ट्याकमा ल्याउने चुनौती


नयाँदिल्ली । गृहमन्त्री पि चिदम्वर फेरी अर्थमन्त्रीका रुपमा डगमगाउँदै गरेको  भारतीय अर्थतन्त्र सम्हाल्न आइपुगेका छन् । भारतको मुम्बईमा भएको आतंकवादी हमलापछि अर्थबाट गृहमन्त्रालयको जिम्मेवारी सम्हालन गएका चिदम्वरम चार वर्षपछि पुरानै पदमा फर्किएका हुन् ।
सत्तारुढ दल काँग्रेसले सरकारमा दोस्रो वरियताका अर्थमन्त्री प्रणव मुखर्जीलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि अर्थमन्त्रालय खाली थियो, अर्थमन्त्रीको जिम्मेवारी पनि अर्थशास्त्री प्रधानमन्त्री मनमोहन सिंहले सम्हाल्दै आएका थिए ।
मंगलवार भएको क्याविनेटको पुर्नसंरचनामा चिदम्वरमलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको हो भने गृहमन्त्रीको जिम्मेवारी सुशिल सिन्धेलाई दिइएको छ । चिदम्वरमका अगाडी बढ्दो महँगी, खस्किदै गएको विदेशी लगानी, अवमूल्यन भएको भारतीय रुपैयाँलाई ट्याकमा ल्याउनुपर्ने चुनौती छ ।

Tata
GBIME
Nepal Life