BIZMANDU
www.bizmandu.com

ग्याँस आपूर्ती रोक्ने चेतावनी दिएका व्यवसायी र निगमका पदाधिकारीवीच छलफल जारी

२०६९ साउन १७

काठमाडौं । दुई रंगका सिलिण्डर बनाउने सरकारी निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेका ग्याँस उद्योग संघका पदाधिकारी र नेपाल आयल निगमका व्यवस्थापकवीच छलफल चलिरहेको छ । भदौदेखि घरायसी प्रयोगका लागि रातो रंग र व्यवसायीक उपयोगका लागि निलो रंगको ग्याँस सिलिण्डर प्रयोग गर्नुपर्ने निर्देशन आयल निगमले दिएपछि व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका थिए ।
सरकारी निर्णय विरुद्ध एउटै धारणा बनाउन ग्यास उद्योगीको राष्ट्रिय भेलाले पहिलो चरणमा साउन २३ गतेदेखि पीडीओ रोक्ने घोषणा गरेका हुन् । उनीहरूले साउन २४ गतेदेखि भारतका प्रशोधन केन्द्रबाट ग्याँस नउठाउने, साउन २५ गते भन्सार नाकाबाट नछुटाउने र सहमती नभए साउन ३१ गतेदेखि खाना पकाउने ग्याँसको विक्रिवितरणा नगर्ने चेतावनी दिएका छन् । सरकारले भदौदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि ग्यास उद्योगी यसका विरुद्ध उत्रिएका हुन् ।
ग्यास उद्योग संघले ४३ वटै ग्यास बोटलिङ प्लान्टलाई भेलामा सहभागी भएका थिए । सरकारले भदौ १ देखि घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो रङका सिलिन्डर कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।
निर्देशन अनुसार सबै बोटलिङ प्लान्टलाई आफुसँग भएको सिलिन्डरको पचास प्रतिशत घरायसी र पचास प्रतिशत व्यवसायिक बनाउनुपर्नेछ । व्यवसायिक सिलिन्डर बनाउन निलो रङ लगाउनुपर्ने र त्यसको लागत पनि व्यवसायीले बेहोर्नुपर्ने सरकारको जिकिर छ

Tata
GBIME
Nepal Life