BIZMANDU
www.bizmandu.com

लीलामणिलाई मुख्यसचिव बनाएपछि रुष्ट कोइराला, उप्रेती र राणाले राजिनामा दिए

२०६९ साउन १५

काठमाडौं । लीलामणि पौडेललाई मुख्यसचिव बनाएपछि रुष्ट तीन सचिवले राजिनामा दिएका छन् । सोमवार बिहान निर्वाचन आयोगका सचिव शंकर कोइरालाले राजिनामा दिएका थिए भने अपरान्ह गृहसचिव सुशिल जंगबहादुर राणा र प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेतीले राजिनामा दिएका हुन् । आइतवारको मन्त्रिपरिषद् बैठकले कार्यक्षमता मूल्यांकनका आधारमा लीलामणि पौडेललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो । वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त नगरेको भन्दै सचिवहरु सरकारसँग रुष्ट थिए ।

Tata
GBIME
Nepal Life