BIZMANDU
www.bizmandu.com

स्वीस सहयोगमा ५५ हजारलाई रोजगारी, आगामी वर्ष १५ हजारलाई अवसर

२०६९ असार १२

काठमाडौं । हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले पाँच वर्षको अवधिमा ५५ हजार युवालाई सीपमूलक तालिम र रोजगारी दिएको छ । बेलायत सरकार स्वीस सरकार र विश्व बैँकको आर्थिक सहयोगमा कोषले यो रोजगारी दिएको हो । यो कार्यक्रमअन्तर्गत विपन्न बेरोजगार तथा विद्यालयको शिक्षा पूरा नगरेका २९ हजार ६१४ जना ५४ प्रतिशत महिला र २५ हजार ४१४ जना ४६ प्रतिशत पुरुषले रोजगारी पाएको कोषले जनाएको छ । सन् २००८बाट सुरु भएको यो कार्यक्रम ६२ जिल्लामा विस्तार भएको छ ।
सन् २०१२ को अपि्रल महिनामा गरिएको एक प्रभाव अध्ययनले सन् २००८ र सन् २००९ मा सीपमूलक तालिम लिएका १४ हजार ५ सय युवामध्ये करिब ६८ प्रतिशत युवा तालिम लिएकै विषयमा नियमित रुपमा रोजगारीमा रहेको देखाएको छ ।
तालिम लिएका युवाको सुरुका वर्षहरुको आय कम भएपनि हाल उनीहरुको दक्षता बढ्दै गएको र औसत कमाइ पनि उल्लेख्य रुपमा बृद्धि भई प्रतिव्यक्ति औसत मासिक आय ९ हजार रहेको छ । सो अध्ययन अनुसार करिब ४२ प्रतिशत युवा स्वरोजगारमा छन् । धेरै युवाले स्थानीय तहमै आपुनै व्यवसाय सुरु गरी अन्य बेरोजगार युवालाई समेत् रोजगारी दिएका छन् । यसरी युवाहरुका लागि रोजगार केन्द्रित सीपमा गरिएको लगानी युवाहरुको दीगो रोजगारीको माध्यम बनेको छ । आगामी वर्ष करिब १५ हजार युवाहरुलाई सीप र रोजगारीका लागि सहयोग गर्ने जनाएको छ ।

Tata
GBIME
Nepal Life