BIZMANDU
www.bizmandu.com

बंगलादेशमा नेपाली व्यवसायीलाई सजिलो, बंगलाबन्धमै अनएराइभल भिसा

२०६९ साउन १५

काठमाडौ । बंगलादेशले समुद्रीमार्ग हुँदै जाने नेपालीलाई बंगलाबन्ध बन्दरगाहमै अनएराइभल भिसा दिन थालेको छ । काकडभिट्टा हुँदै बंगलादेश जाने नेपालीले यही भिसा लगाएर जानुपर्ने बाध्यता थियो ।
बंगलाबन्ध बन्दरगाहमै अनएराइभल भिसाको व्यवस्थाले काकडभिट्टा हुँदै सामान लैजाने व्यवसायीलाई सजिलो हुनेछ । बंगलादेशले केही दिनअघि नै अनएराइभल भिसाको व्यवस्था गरेपनि कार्यान्वयनमा भने आएको थिएन । नेपाल –बंगलादेश वाणिज्य सचिवस्तरीय वातामा बंगलादेशका अधिकारीहरुले जानकारी दिएका थिए । अब बंगलबन्ध कै अध्यागमन कार्यालयले नेपालीलाई अनएराइभल भिसा दिनेछ ।

Tata
GBIME
Nepal Life