BIZMANDU
www.bizmandu.com

जङ्गल सफारीको मनसुन अफर, साढे चार हजारमा सौराहामा मस्ती

२०६९ असार १२

काठमाडौं । सौराहाको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरेर 'मनसुन अफर' योजना ल्याएको छ । यो योजना अन्तर्गत ४ हजार ४ सय ४४ रुपैयाँमा एक जनाले दुई रात तीन दिनको प्याकेजमा सौराहा घुम्न पाउनेछन् ।
योजनामा सहभागी हुनेले हात्ती सफारी डुङ्गा सयर हात्ती प्रजनन केन्द्र थारु नाच सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् । यस्तै प्याकेजमा लन्च डीनर र ब्रेकफास्ट पनि उपलब्ध हुने छ । होटेलका प्रवन्ध निर्देशक सुमन घिमिरेले योजनामा सहभागी हुने पर्यटकलाई काठमाडौदेखि चितवनको दुई तर्फी टुरिष्ट बस टिकट समेत दिइने वताए ।
'हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर यो योजना ल्याएका हौ' घिमिरले भने 'सस्तोमा पूर्ण वातानुकुलित कोठा र वाइफाई सुविधा रहेको होटेलमा सौराहाको सबै गतिविधिमा सहभागी हुन पाइनेछ ।' उनले सौराहालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको जानकारी दिए ।
'हामीले प्रत्येक मौसमलाई लक्ष्य गरेर सौराहामा बार्है महिना घुम्न सकिने गन्तव्यको रुपमा चिनाउन खोजेका छौ' घिमिरेले भने 'यही अवधारणा अनुसार मनसुन अफर ल्याएका हौ ।' यो योजना असार १५ देखि भदौ १५ गतेसम्म लागु हुने होटेलले जनाएको छ । झन्डै दुई वर्ष अघि साचालनमा आएको होटेलले केही महिना अघि सुविधा सम्पन्न सेमिनार हल समेत साचालनमा ल्याइसकेको छ ।

Tata
GBIME
NLIC