BIZMANDU
www.bizmandu.com

उद्योगको ऊर्जा लागत परिक्षण, पहिलो चरणमा सात उद्योगमा गरिँदै, अन्तरराष्ट्रिय टोलीबाट परिक्षण

२०७० असार २८

काठमाडौं । नेपाल उद्योग परिसंघ र अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) को संयुक्त प्रयासमा परिसंघका सदस्य उद्योग प्रतिस्ठानहरुमा ऊर्जाको प्रयोग र लागत परिक्षण  गर्ने कार्य शुरु भएको छ । आइएफसीको प्राविधिक सहयोग र परिसंघको पहलमा अन्तरराष्ट्रिय ऊर्जा विज्ञहरुको एक प्राविधिक टोलीबाट परिक्षण सुरु गरिएको हो ।
नेपाली औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जाको दिगो व्यवस्थापनको दिशामा अगाडि बढ्न क्लिन इनर्जी डेभलपमेण्ड बैंक र आइएफसीको पहलमा शुरु गरिएको नेपालमा दिगो ऊर्जा वित्तीय कार्यक्रम (सस्टेनवल इनर्जी फाइनान्स प्रोग्राम इन नेपाल) अन्तर्गत प्राथमिक चरणमा परिसंघ अन्तर्गतका ७ ओटा उद्योगहरुको ऊर्जा परिक्षण सुरु भएको हो ।
यस खालको परिक्षणले उद्योगहरुमा ऊर्जाको खपत तथा लागत कम गर्न, बैकल्पिक ऊर्जाको प्रवर्दन गर्न र परम्परागत ऊर्जाको निर्भरता कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । भारत लगायतका अन्य विकासशिल मुलुकहरुले परम्परागत ऊर्जाको निर्भरता कम गर्न नविकरणीय ऊर्जालाई औद्योगहरुमा प्रवद्र्धन गर्न नियमित रुपमा ऊर्जा परिक्षण गर्ने चलन हुन्छ । यसबाट नविकरणीय ऊर्जालाई घरायसी प्रयोगबाट औद्योगिक प्रयोगतिर विस्तारित गर्दै उद्योग र उत्पादनमुलक उद्योगको पूरकका रुपमा बिकास गर्न सकिने सम्भावना भएकाले नेपालमा पनि परिसंघको पहलमा ऊर्जा परिक्षण शुरुआत गरिएको हो ।
प्रारम्भिक परिक्षणबाट सम्भाव्य देखिएका उद्योगहरुमा अर्को चरणमा बिस्तृत परिक्षण गरिने र अन्य उद्योगहरुमा गर्दै लैजाने परिसंघको योजना छ ।
 

Tata
GBIME