
काठमाडौं । ३३ वर्षदेखि नेपालका लागि सुजुकी मोटोरसाईकलको आधिकारीक विक्रेता दि गणेश इन्टरप्राईजेजले थापाथलीस्थित रघु ट्रेडीङ्गलाई नयाँ डिलरको रुपमा साझेदार बनाएको छ । दि गणेश इन्टरप्राईजेजले नेपालमा सुजुकी मोटरसाइकलको विभिन्न मोडलका १३४० सीसीको सुजुकी वि किङ्गदेखी १२५ सीसीसम्मको मोटरसाईकल तथा स्कुटर विक्री गर्दै आएको छ । नयाँ डिलरको नेपाली सिनेमाका नायक राजेश हमालले उद्घाटन गरे ।
रघु ट्रेडिङ्गका प्रवन्ध निर्देशक इमानसिंह बस्नेतले सुजुकी मोटरसाईकलका उच्च गुणस्तरका मोटरसाईकल तथा स्कुटरको माग दिन प्रतिदिन बढेकोले गणेश इन्टरप्राईजेजसंग साँझेदारी गरेको बताए ।

सोमवारै सुजुकी मोटरसाइकले नयाँ उत्पादन इनाजुमा जीडब्लु २५० पनि विक्री सुरु गरियो । यो मोटरसाइकल नेपाली बजारमा कालो र रातो कलरमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले यो मोटरसाइकलको मूल्य सात लाख ५० हजार रुपैयाँ पर्ने जानकारी दिएको छ । कम्पनीले इनाजुमा सार्प हेडलाइट, बोडी टर्न सिग्नल, सेमि डबल–क्रयाडल चेसिस, हाइड्रोलिक डिस्क ब्रेक, दुई सिलिण्डर इन्जिन, छ गियर र डुअल क्रोम्ड साइलेन्सर भएको जानकारी दिएको छ ।
कम्पनीले अहिले बजारमा सुजुकी जीएस १५० आर दुई लाख ११ हजारमा, सिलिङ सट एक लाख ७३ हजारमा, एक्सेस एक लाख ६० हजारमा, वीस एक लाख ६५ हजारमा, एएन एक लाख ८५ हजारमा विक्री गर्दै आएको छ । सुजुकी जीको मूल्य एक लाख ९५ हजार रुपैयाँ छ ।