BIZMANDU
www.bizmandu.com

ट्रक डाइभरलाई ट्राफिक जरिवाना मात्र २ अर्ब २५ करोड !

२०६९ साउन १३

ट्रक डाइभरलाई ट्राफिक जरिवाना मात्र २ अर्ब २५ करोड !
ट्रक डाइभरलाई ट्राफिक जरिवाना मात्र २ अर्ब २५ करोड !

लण्डन । यो विश्व जहाँ एउटा लटरी किनेकै भरमा जीवन बनाउनेहरु पनि छन् र यही विश्व जहाँ एउटा लरी(ट्रक) चलाउँदा जीवन गुमाउने पनि छन् । अनौठो त चीनमा भएको छ, जहाँ ट्रक चलाउने डाइभरलाई स्थानीय अदालतले दुई अर्ब २५ करोडको जरिवाना पत्र थमाएको छ । यो विश्वको अहिलेसम्मको सबैभन्दा ठूलो ट्रक जरिवाना हो ।
चिनीयाँ मिडियाका अनुसार झाङ नाम गरेका एक चिनीयाँले ओभरलोड भएको ट्रक चलाएका थिए । ट्रकलाई चलाएर पुल पार गरिरहँदा पुल नै भत्कियो । वेइजिङ नजिकैको एउटा स्थानीय सरकारलाई यसले झ्वाँक चल्यो । प्रहरीको अनुसन्धानपछि स्थानीय सरकारले अदालतमा मुद्धा दायर ग¥यो । अदालतले फैसला सुनाउँदै पुल मरमतका लागि भएको दुई करोड ५० लाख डलर(दुई अर्ब २५ करोड रुपैयाँ)को जरिवाना झाङबाट उठाउन आदेश दियो, यही आदेश बमोजिम स्थानीय प्रशासनले झाङलाई जरिवानाको पत्र थमायो ।

२२५ करोडको पुल : गत वर्ष जुलाई १९ मा यही ट्रकले पुल भत्काएको थियो, यो ट्रकको तौल ११० टन थियो

Tata
GBIME
Nepal Life

बालुवाले भरिएको ट्रकलाई पुल पार गराउँदा पुल नै भासिएको थियो, पुल लच्किएपछि ट्रक पनि बीचमै फसेको थियो । वेइजिङ नजिकैको यो घटनापछि स्थानीय प्रशासनले पुल मरमत गरेको थियो । पुल मरमतमा दुई करोड ५० लाख डलर खर्च आएको भन्दै स्थानीय प्रशासनले जरिवानाका लागि आदलतमा मुद्धा दायर गरेको हो । द चाइना कार टाइम्सका अनुसार गत जुलाई १९ मा ३४ वर्षे ट्रक डाइभर झाङले ११० टन भार भएको ट्रक पुलमाथिबाट पार गर्दै थिए । बालुवा बोकको त्यो ट्रक पुलको वीचमा जानासाथ भासिएको थियो ।

भत्किएको पुल : बेइजिङ नजिकैको यो पुल पुरै खण्डहर हुने गरी भत्किएको थियो

एक वर्षसम्मको प्रहरी अनुसन्धान र मुद्धा मामिलापछि अदालतले झाङलाई पुल मरमतको पैसा दिन निर्देश दिएको हो । उता झाङका वकिलले भने यसमा डाइभरको कुनै गल्ती नभएको बताएका छन् । झाङले जे काम गरेका थिए, त्यो ट्रक कम्पनीको आदेश बमोजिम थियो, त्यसैले झाङले जरिवना तिर्नु पर्दैन भन्ने उनका वकिलको जिकिर छ । मुद्धा मामिला छिनोफाने भएको छ, अब हेर्न मात्र बाँकी छ, एउटा ट्रक डाइभरले एक अर्ब ५६ करोड युआन कसरी तिर्ला र स्थानीय प्रशासनले कसरी असुल उपर गर्ला ? द डेलीमेलबाट