BIZMANDU
www.bizmandu.com

बजेटको तयारीमा सरकार

२०६९ असार १६

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको तयारी सुरु गरेको छ । सम्भव भए बजेट राजनीतिक सहमतिमा ल्याउने नभए अध्यादेश मार्फत जारी गर्ने तयारी गरेको अर्थमन्त्री निकट स्रोतले जानकारी दियो ।
सरकार आगामी वर्षका लागि तीन अर्ब ८५ करोड हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेटमा खास धेरै नयाँ कार्यक्रम हुनेछैनन् । वेरोजगारलाई भत्ता पूर्वाधार विकास लगायतका कार्यक्रमका लागि सरकारले ठूलो रकम विनियोजन गर्दैछ ।
सरकारले यसपटक गरिवीको रेखामुनी रहेका परिवारको एक जना सदस्यलाई वर्षमा न्युनतम १०० दिन रोजगारी दिने गरी कार्यक्रम तय गरेको अर्थ स्रोतले जानकारी दियो ।

Tata
GBIME
Nepal Life