BIZMANDU
www.bizmandu.com

साताको पहिलो दिन नै स्टकबाट लगानीकर्ता निरास, नवदुर्गा र नेशनलको बोनस सेयर सूचिकृत

२०७० असार १६

साताको पहिलो दिन नै स्टकबाट लगानीकर्ता निरास, नवदुर्गा र नेशनलको बोनस सेयर सूचिकृत
साताको पहिलो दिन नै स्टकबाट लगानीकर्ता निरास, नवदुर्गा र नेशनलको बोनस सेयर सूचिकृत


काठमाडौं । लगानीकर्तालाई निरास बनाउँदै आइतवार पहिलो दिन नै नेप्से सूचक २.४१ अंकले तल झर्यो । बजार बन्द हुँदा सूचक ४९३.१३ अंकमा झर्यो । बैंकिङ्ग, विकास बैंक, जलविद्युत, फाइनान्सको सूचक तल झर्यो । आइतवार इन्सुरेन्स समूहको सूचकमा भने सामान्य वृद्धि रह्यो ।
बुटवल पावरको सेयर १५ रुपैयाँ तल झरेर ७५५ मा कारोवार भयो, एभरेष्ट बैंकको कन्भर्टिवल प्रिफरेन्स सेयर ४८ रुपैयाँ बढेर ८५० मा कारोवार भयो, लाइफ इन्सुरेन्स कम्पनीको ११ रुपैयाँ बढेर ११८५ मा, मुक्तिनाथ विकास बैंकको १० रुपैयाँ घटेर २५८ मा, नविल बैंकको २३ रुपैयाँ घटेर १७५० मा कारोवार भयो । नेशनल लाइफको सेयर ११ रुपैयाँ बढेर ५६१ मा, प्राइम बैंकको सेयर १० रुपैयाँ घटेर ३१६, स्वरोजगार लघु वित्त विकास बैंकको १८ रुपैयाँ घटेर १८२ मा कारोवार भयो ।
कारोवार घट्यो
सेयर सूचकांक घटेपछि नेपाल स्टकमा कारोवार पनि घट्न थालेको छ । अघिल्लो साता लगातार तीन दिन बढेको कारोवार आइतवार घटेर छ करोड २४ लाख रुपैयाँमा झरेको छ ।
नवदुर्गा र नेशनलको बोनस सूचिकृत
आइतवार नेप्सेमा नगदुर्गा फाइनान्सको एक लाख ३४ हजार कित्ता सेयर र नेशनल लाइफको १० लाख दुई हजार कित्ता सेयर सूचिकृत भएको छ ।

Tata
GBIME
NLIC