BIZMANDU
www.bizmandu.com

मौदि्रक नीति कार्यान्वयन यसै साताबाट, शीघ्र सुधारको कारवाही दुई महिनापछि

२०६९ साउन १३

मौदि्रक नीति कार्यान्वयन यसै साताबाट, शीघ्र सुधारको कारवाही दुई महिनापछि
मौदि्रक नीति कार्यान्वयन यसै साताबाट, शीघ्र सुधारको कारवाही दुई महिनापछि


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौदि्रक नीति कार्यान्वयका लागि यसै साता अधिकांस दिर्नेशन जारी गर्ने भएको छ । बुधबार सार्वजनिक मौदि्रक नीतिमा उल्लेख भएका विषयहरुलाई कार्यान्वयन गराउन प्रकृया सहित निर्देशन दिनु पर्छ । राष्ट्र बैंकले ती विषयलाई उल्लेख गरी निर्देशन जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात सिआआर विपन्न वर्ग कर्जा पुनर्कर्जा लघुवित्तजस्ता विषयमा निर्देशन दिँदै छ । निर्देशनपछि वाणिज्य बैंकहरुले सिआरआर पाँच प्रतिशतलाई वढाएर ६ प्रतिशत कायम गर्नु पर्छ ।
विकास बैंकले साढे पाँच प्रतिशत कायम गर्नु पर्छ । विपन्न वर्गमा पनि साढे तीन प्रतिशत लगानी गर्नु पर्छ । पुनकर्जा ६ प्रतिशतमा राष्ट्र बैंकबाट पाउने छन् । उनीहरुले यसलाई ९ प्रतिशतमा लगानी गर्न सक्छन् । राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही पिसिए का बारमा भने विनियमावली बनाएर निर्देशन जारी गर्ने छ । अहिले पुँजी कोषका आधारमा कारवाही गर्दै आएको राष्ट्रक बैंकले अब खराब कर्जा र तरलताका आधारमा पनि यो कारवाही गर्ने छ ।
'पिसिएको विनियमावली बन्दै छ । २ महिनापछि लागू गर्छौ- राष्ट्र बैंक स्रोतले भन्यो-अध्ययन भइरहको छ । यसले बैंकहरुलाई तरलता लिएर बस्न प्रोत्साहित गर्ने छ ।' अहिले बैकहरुले १० प्रतिशत र विकास बैंक र फाइनान्सलाई ११ प्रतिशत न्युनतम पुँजी कोष पुर् याउनु पर्ने व्यवस्था छ ।

Tata
GBIME
NLIC