BIZMANDU
www.bizmandu.com

भारतले रोकेका तीन कन्टेनर छुटे, एक सातापछि माछा र चकलेट आउँदै

२०६९ साउन १३

काठमाडौं । भारतले तेस्रो मुलुकबाट नेपाल भित्रिन लागेको तीन वटा कन्टेनर छाडिदिएको छ । पश्चिम बंगाल राज्यले एक सातादेखि रोकिराखेको कन्टेनर छाडिदिएको हो । विक्री कर वुझाउनु पर्नेभन्दै राज्य सरकारले कन्टेनर रोकेको थियो ।
कलकत्तास्थित महावाणिज्य दुतावासको पहलपछि कन्टेनर छाडिएको हो । महावाणिज्य दुत चन्द्र घिमिरेले कोलकत्तामा रहेको भारतीय उच्च अधिकारीसँग्ा पहल गरेपछि रोकिएको कार्गो छाडिएको हो । महावाणिज्य कार्यालयमा कन्टेनर रोकिएको सुचना गत वुधबार आएको थियो । कार्यालयले तत्कालै भारतीय अधिकारीहरु कुराकानी गरेको थियो । छाडिएका कनेटर रक्सौल हुँदै नेपाल आउँदैछन् । कन्टेनरमा माछा र कन्फेसनरीका सामान छन् ।

Tata
GBIME
Nepal Life