काठमाडौं । कृषि विकास बैंकको अध्यक्ष परिवर्तन गरेपछि अर्थमन्त्री शंकर कोइरालाले राष्ट्रिय बाणिज्य बैंकमा चार जना बोर्ड सदस्यलाई हटाएर तीन नयाँ सदस्य नियुक्त गरेका छन् । नयाँ नियुक्ति पाएका केही सदस्य उनकै आफन्त समेत हुन् । बाणिज्य बैंकबाट अघिल्लो साता बालचन्द्र श्रेष्ठ, विष्णुदास ढंगोल, पृत्रीभक्त पोखरेल र लक्ष्मण न्यौपानेलाई हटाइएको हो । उनीहरुको स्थानमा डा. जितेन्द्रप्रसाद उपाध्याय, ज्ञानेन्द्रराज कोइराला र बटुकनाथ ढकाललाई बैंकको सञ्चालक समिति सदस्य बनाइएको छ ।
बाणिज्य बैंकको बोर्डबाट अघिल्लो साता हटार्इएका विष्णुदास ढंगोल, बालचन्द्र श्रेष्ठ, लक्ष्मण न्यौपाने र पृत्रीभक्त पोखरेल
राष्ट्रि बाणिज्य बैंकको बोर्डमा अहिले नरहरी ढकाल अध्यक्ष छन् भने अर्थमन्त्रालयका सहसचिव राजन खनाल, केन्द्रिय बैंकबाट रिटायर्ड शिवादेवी काफ्ने बोर्ड सदस्य छन् । अर्थमन्त्री कोइरालाले केही समय पहिले मात्रै कृषि विकास बैंकका अध्यक्ष प्रा।डा। गजानन्द अग्रवालको स्थानमा पूर्व सचिव प्रमोदकुमार कार्कीलाई नियुक्ति दिएका थिए । अग्रवाल मन्त्रीको निर्णय विरुद्ध अदालतमा गएका छन् ।