BIZMANDU
www.bizmandu.com

व्यवसाय गर्ने महिलालाई बिओकेको उद्यमशील कर्जा, तीन लाखसम्म ऋण, तीन वर्षे चुक्ता अवधि

२०७० असार १०

व्यवसाय गर्ने महिलालाई बिओकेको उद्यमशील कर्जा, तीन लाखसम्म ऋण, तीन वर्षे चुक्ता अवधि
व्यवसाय गर्ने महिलालाई बिओकेको उद्यमशील कर्जा, तीन लाखसम्म ऋण, तीन वर्षे चुक्ता अवधि

काठमाडौं । बैंक अफ काठमाण्डूले उद्योग व्यवसाय गर्न चाहने महिलाका लागि महिला उद्यमशील कर्जा योजना ल्याएको छ । यो योजनाअनुसार बैंकमा गृहलक्ष्मी वचत खाता, ग्रामीण महिला वचत खाता र माई च्वाइस वेमन सेभिङ्ग खाता भएका महिलाले ‘महिला उद्यमशील कर्जा’ लिई व्यवसाय सुरु गर्न वा भएको व्यवसाय बढाउन सक्ने बैंकले सोमवार जारी प्रेस विज्ञप्तिमा छ ।

यस सेवा अन्तर्गत महिलाले तीन लाख रुपैयाँसम्म सरल प्रक्रियाबाट कर्जा लिन सकिने र तीन वर्षसम्ममा कर्जा भुक्तानी गर्ने प्रावधान राखिएको बैंकले जानकारी दिएको छ । महिला उद्यमशील कर्र्जा उपभोग गर्ने महिलाको व्यक्तीगत दुर्घटना बीमा समेत बैंकको तर्फबाट गरिदिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
महिला उद्यमशील कर्जाको सोमवार बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले शुभारम्भ गर्दै वेमन्स फाउण्डेशन नेपालका अध्यक्ष रेणु शर्मा र महासचिब कमला उप्रेतीलाई सम्मान गरे । विषम आर्थिक अवस्थाका वावजुद उद्योग व्यवसाय सुरु गरेर अन्य महिलालाई समेत रोजगारी प्रदान गरेका शर्मा र उप्रेतीलाई सम्मान गरिएको हो ।
यसै गरी बैंकले गृहलक्ष्मी वचत खाता, ग्रामीण महिला वचत खाता र माइ च्वाइस सेभिङ्ग खाता खोल्ने पहिलो ग्राहकलाई पनि मायाको चिन्ह प्रदान गरिएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ । बैंक अफ काठमाण्डूका मुलुकका दुर्गम क्षेत्रसहित विभिन्न भागमा ५० शाखा ५६ एटीएम र आठ विस्तारित सेवा काउण्टर छन् ।

Tata
GBIME
Nepal Life