BIZMANDU
www.bizmandu.com

सुविधाको गाडी फिर्ता गर्ने लहर, एमाले अध्यक्ष खनालले पनि बुझाए सुविधाको गाडि

२०६९ साउन १२

सुविधाको गाडी फिर्ता गर्ने लहर, एमाले अध्यक्ष खनालले पनि बुझाए सुविधाको गाडि
सुविधाको गाडी फिर्ता गर्ने लहर, एमाले अध्यक्ष खनालले पनि बुझाए सुविधाको गाडि


काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सरकारी सुविधा मार्फत पाएको बा.६ च १०२६ नम्बरको प्राडो गाडि फिर्ता गरेका छन् ।  विशिष्ट व्यक्तिलाई आजीवन सेवासुविधा दिएकोभन्दै चर्को आलोचना भएपछि खनालले प्राडो फिर्ता गरेका हुन् । सरकारले विशिष्ट व्याक्तिलाई दिने भनेको सेवासुविधाको विरोधप्रति आफ्नो ध्यानाकर्ष भएको भन्दै खनालले सुविधाको गाडि फिर्ता गरेको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए । साथै खनालले गाडिबाहेक अन्य कुनै सुविधा नलिएको पनि अधिकारीले बताए ।
विशिष्टलाई आजिवन सुविधा दिने सरकारको निर्णय विरुद्ध नागरिक समाजले रिले अनसन सुरु गरेपछि  हिजो मात्र पुर्व प्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपाल तथा काग्रेस उपसभापती रामचन्द्र पौडेलले सरकारी सुविधाको गाडि फिर्ता गरेका थिए । माओवादी अध्यक्षले भने केही दिन अघि नै विस्तारित बैठकमा भेला भएका आफ्नै कार्यकर्ताको रोषलाई साम्य पार्न सरकारले दिएको प्राडो फिर्ता गरेका थिए ।

Tata
GBIME
NLIC