BIZMANDU
www.bizmandu.com

ब्राजिलमा शिक्षा र स्वास्थ्यमा सुधारको घोषणा, तेलको रोयल्टी शिक्षा क्षेत्रमा प्रयोग गरिने

२०७० असार ७

रियो दि जेनेरियो । ब्राजिलमा यातायात भाडा र विश्वकपका लागि गरिएको खर्चको विरोधले उग्र रुप लिएको छ । दुई दशककै ठूलो प्रर्दशनमा विभिन्न स्थानमा हिंसात्मक घट्ना भएका छन् । हिंसालाई रोक्न प्रहरीले रवरको गोली र अश्रुग्यास हानेको छ । ब्राजिलका दस सहरमा दश लाख भन्दा बढीले प्रदर्शन गरेका छन् । प्रदर्शन बढ्दै गएपछि ब्राजिलमा मन्त्रीपरिषदको आपतकालिन बैठकले दुई दशककै ठूलो प्रदर्शनलाई संबोधन गर्ने जनाएको छ । रियो दि जेनेरियोमा २९ जना घाइते भएका छन् ।
ब्राजिलको विदेश मन्त्रालयमा समेत प्रर्दशनकारीले आगो लगाउने प्रयास गरेका थिए । प्रहरीले रवरको गोली र अश्रुग्यास प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । ब्राजिलकी राष्ट्रपति डिलमा राउसेफले प्रदर्शनको  कारण जापान भ्रमण रद्ध गरेकी छिन् । उनले केही दिनअघि मुलुकको प्रगतिका लागि जनता सडकमा आएको बताएकी थिईन् । मन्त्रीपरिषद्को आपतकालिन बैठकले प्रदर्शनकारीको माग संबोधन गर्ने निर्णय गरेको छ । प्रदर्शनकारीले निशुल्क शिक्षा र स्वास्थ्यको माग गर्दै सडकमा प्रर्दशन गरेपछि सुधारका कार्यक्रम अघि बढाउने निर्णय भएको हो । शिक्षा, स्वास्थ्य लगायतका सुधारका कार्यक्रम तत्काल सुधार हुनेछ । राष्ट्रपति राउसेफले सुधारका कार्यक्रम तत्काल सुधार हुने जानकारी दिईन् । उनले सार्वजनिक यातायात सुधार गरेर सबैले फाइदा पाउनेगरी मस्यौंदा तयार गर्ने बताईन् । तेल उत्पादकले बुझाएको रोयल्टी रकम शिक्षा क्षेत्रको सुधारका लागि प्रयोग गरिने राउसेफले जानकारी दिईन् । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि हजारौ चिकित्सक वाहिरबाट ल्याइने बताईन् ।

Tata
GBIME
Zonsen