BIZMANDU
www.bizmandu.com

रेमिट्यान्सबाट देश विकास गर्ने सोच गलत, आगामी बजेटमा मर्जरलाई थप प्रभावकारी बनाइने

२०७० असार ७

काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरिब, निमुखाले दुख गरेर पठाएको रेमिट्यान्सले देश विकास गर्ने सोच गलत भएको बताएका छन् ।  नेपाल आर्थिक संघले पूर्व बजेट सम्बन्धी गरेको अन्तरक्रियामा अर्थमन्त्री कोइरालाले धनीहरु आपूmले कमाएको ८० प्रतिशतभन्दा बढी कमाई विलासितामा सिध्याउने अनि दुख गरेर पठाएको पैसा विकासमा लगाउने तर्क उचित नभएको बताए ।
खुला र बजारमुखी अर्थतन्त्र आगामी बजेटको मुख्य आधार भएको बताउँदै कोइरालाले सरकार र निजी क्षेत्रबीचको अविश्वासलाई लगानी मैत्री वातावरण बनाएर विश्वासमा परिणत गर्ने प्रतिवद्धता व्यक्त गरे । मंसिर ४ गते हुने संविधानसभाको चुनावले अनुत्पादक भएर रहेको पूँजी बजारमा ल्याउने विश्वास व्यक्त गर्दै कोइरालाले भने– ‘निर्वाचित भएर आउने सरकारलाई हामी गतिशिल अर्थतन्त्रको साँचो हस्तान्तरण गर्नेछौं । जुन वर्तमान अर्थमन्त्रीको सफलताको मापक बन्नेछ ।’आपूmले ल्याउने बजेटले अराजनीतिक तर राजनीतिलाई मूलप्रवाहमा ल्याउन सहयोगी हुने विश्वास व्यक्त गर्दै  उनल वित्तिय अनुशासन कायम गर्ने थप चुनौती रहेको बताए ।एक अर्को प्रसंगमा अर्थमन्त्री कोइरालाले २ अर्ब पूँजी भएका वाणिज्य बैंकहले विकासमा मद्दत गर्लान भन्ने विश्वास आपूmलाई नभएको स्पष्ट पारे । उनले भने – आगामी बजेटमा बैंकहरुको मर्जर नीतिलाई थप प्रभावकारीसाथ उठाइने छ ।अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले बजेट लगानीमैत्री हुने बताए ।
सो अवसरमा अर्थशास्त्रीहरु प्राध्यापक डा. मदनकुमार दाहाल, प्रा. डा. गोविन्द नेपाल, डा. भवानी ढुंगानाले बजेट उर्जा, पूर्वाधार र कृषिमुखी हुनुपर्ने सुझाव दिए ।बैंकर्सहरु मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र एस बैंकका सिद्धान्त पाण्डे बैंकिङ क्षेत्रमा लगाएको कर घटाउन माग गरे ।   
 

Tata
GBIME