BIZMANDU
www.bizmandu.com

एनएमबिको कान्तिपथमा नयाँ शाखा, अनिल शाहले भने ओ, शाखा पनि यस्तो ? (तस्वीर समाचार)

२०७० असार ६

एनएमबिको कान्तिपथमा नयाँ शाखा, अनिल शाहले भने ओ, शाखा पनि यस्तो ? (तस्वीर समाचार)
एनएमबिको कान्तिपथमा नयाँ शाखा, अनिल शाहले भने ओ, शाखा पनि यस्तो ? (तस्वीर समाचार)



काठमाडौं । एनएमबि बैंकले कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । योसहित बैंकका काठमाण्डु उपत्यकामा नौ र उपत्यका बाहिर १३ शाखा छन् । कान्तिपथको  ‘स्टेट अफ दि आर्ट’ शाखा बैंकका अध्यक्ष आत्मराम मुरारकाले बिहिवार उद्घाटन गरे ।

Tata
GBIME
NLIC

विगत सत्र वर्षभन्दा बढी समयदेखि नेपाली वित्तिय क्षेत्रमा सेवा प्रदान गर्दै आएको एनएमबि बैंकले नविनतम् सेवा तथा सुविधाहरुको माध्यमबाट ‘ग्राहक सन्तुष्टि’ लाई नै आफ्नो पहिलो प्राथमिकता मा राख्दै उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले बुधवार जारी प्रेस विज्ञप्तिमा छ ।


उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह पनि उपस्थित थिए । एनएमबीको शाखा उद्घाटन कार्यक्रममा मेगा बैंकका सिईओ शाहले भने ओ, शाखा पनि यस्तो ?



ग्राहक सन्तुष्टिलाई एउटा नयाँ आयाम दिन बैंकले रिटेलहबको शुरुवात गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । बैंक आफ्नो शाखाहरु, एटिएम तथा अन्य माध्यमहरुद्वारा देशका विभिन्न भागहरुमा बैंकिङ्ग सेवा प्रदान गर्न प्रतिबद्ध व्यक्त गरेको छ । बैंकले हाल २१ शाखा, १ एक्सटेन्सन काउन्टर तथा २५ एटिएम लगायत अन्य माध्यम मार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।