BIZMANDU
www.bizmandu.com

मेघा लुब्रिकेन्ट्सका बिक्रेता बिदेश भ्रमणमा, ७ जनाले पाए कम्बोडिया र थाइल्याण्ड जाने मौका

२०७५ जेठ १६

काठमाडौं। मेघा लुब्रिकेन्टसका ७ जना उत्कृष्ट बिक्रेताहरु कम्बोडिया र थाइल्याण्डको भ्रमणमा गएका छन्। कम्पनीले आफ्नो उत्पादन धेरै मात्रामा बिक्री गर्ने डिलरलाई हरेक  बर्ष बिदेश भ्रमण गराउँदै आएकोमा यसपटक कम्बोडिया र थाइल्याण्ड भ्रमणमा लगेको बिज्ञप्तीमार्फत जनाएको छ।

Tata
GBIME
Nepal Life

बिक्रेताहरु एक साताका लागि बिदेश भ्रमण गएको बिज्ञप्तीमा उल्लेख छ। मेघा लुब्रिकेन्टसले केही बर्षदेखि नेपालभर लुब्रिकेन्टस को बिक्री बितरण गर्दै आएको छ ।

कम्पनीले आफ्ना डिलरहरुलाई बिभिन्न देशको लुब्रिकेन्टस उद्योग अवलोकन गराउँदै आएको छ। कम्पनीले अघिल्लो बर्ष इन्डोनेशियाको भ्रमण गराएको थियो।