सिंगापुर एयरलाइन्सले विश्वकै सबैभन्दा लामो कमर्सियल फ्लाइट सुरु गर्न लागेको छ। एयरलाइन्सले आगामी अक्टोबरदेखि सिंगापुरबाट न्यूयोर्कसम्म सिधा उडान गर्न लागेको हो।
एयरलाइन्सले जारी गरेको बिज्ञप्ती अनुसार एयरलाइन्सले सिंगापुरबाट अल्ट्रा लङ रेन्जको नयाँ एयरबसबाट न्यूयोर्कको नेवार्क लिबर्टी इन्टरनेशनल एयरपोर्टसम्मको सिधा उडान गर्नेछ।
नयाँ ए ३५०-९०० यूएलआर नामक अल्ट्रा रेन्जको नयाँ एयरबस प्रयोग गर्ने सिंगापुर एयरलाइन्स पहिलो हो। ६७ वटा बिजनेस क्लास र ९४ वटा प्रिमियम इकोनोमी क्लास सिट भएको यो एयरबसले एकसातासम्म साताको तीनपटक यो उडान गर्ने र त्यसपछि दैनिक रुपमा उडान गर्ने तालिका समेत सार्वजनिक गरेको छ।
यसअघि सिंगापुर एयरलाइन्सले सन् २०१३ सम्म सोही रुटमा उडान गर्दै आएको थियो। बीचमा सेवा रोकिएपनि नयाँ एयरबसले फेरि सेवा सुरु गर्न लागेको जनाएको छ।
एयरलाइन्सका सिइओ गो चुन फोङले अमेरिकाको नयाँ उडानकालागि कम्पनीले लेटेस्ट टेक्नोलोजीको अल्ट्रा लङ रेन्ज एयरबसको प्रयोग गर्न लागेको बताए। नयाँ एयरबस जेटल्याग न्यून गर्नकालागि विशेष रुपमा डिजाइन गरिएको बताइएको छ। यसको एक्स्ट्रा वाइड बडी लाइट सिस्टम ठूला झ्याल तथा उच्च सिलिङले हवाइ यात्रुलाइ सुविधाजनक अनुभव दिने कम्पनीको दावी छ। यसमा हावाको गुणस्तार सुधारकालागि कार्बन कम्पोजिट एयरफ्रेम प्रयोग भएको तथा आद्रता स्तर सन्तुलनलाई समेत ध्यानमा राखिएको बिज्ञप्तीमा उल्लेख छ।
सिंगापुर एयरलाइन्ससँग हाल २१ वटा ए३५०-९०० एयर बसबाट उडान गरिरहेको छ। कम्पनीले ४६ वटा एयरबस थप गर्न लागेको छ जसमध्ये सातवटा अल्ट्रा लङ रेन्जको हुनेछ।
सिंगापुर एयरलाइन्सले हाल दैनिक रुपमा फ्रयाङ्कफर्ट हुँदै न्यूयोर्कको जेफके बिमानस्थलसम्मको उडान गर्दै आएको छ। यस्तै एयरलाइन्सले साताको पाँचपटक होउस्टन दैनिक रुपमा सिओल र कोरिया हुँदै लस एन्जलस तथा दैनिक रुपमा हङकङ हुँदै सान फ्रान्सिसको सम्मको उडान गरिरहेको छ।
कम्पनीले नयाँ अल्ट्रा लङ रेन्ज एयरबसबाट नै सिंगापुरदेखि लस एन्जलससम्मको ननस्टप फ्लाइटको समेत योजना बनाइरहेको जनाएको छ।