BIZMANDU
www.bizmandu.com

पाँच सार्वजनिक संस्थान जसले गरे एकै वर्षमा ३४ अर्ब रुपैयाँ नाफा, कुन संस्थानले गर्यो कति नाफा?

२०७५ जेठ १३

पाँच सार्वजनिक संस्थान जसले गरे एकै वर्षमा ३४ अर्ब रुपैयाँ नाफा, कुन संस्थानले गर्यो  कति नाफा?
पाँच सार्वजनिक संस्थान जसले गरे एकै वर्षमा ३४ अर्ब रुपैयाँ नाफा, कुन संस्थानले गर्यो कति नाफा?

काठमाडौं। सरकारी स्वामित्वका पाँच सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७३/०७४ मा ३४ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन्। वित्तीय कारोबार गर्ने तीन, टेलिफोन सेवा प्रदायक एक र व्यापारिक समूहको एक संस्थानले एक वर्षमा सवा ३४ अर्ब रुपैयाँ नाफा गरेका हुन्। 

Tata
GBIME
Nepal Life


 

सरकारलाई सबैभन्दा धेरै कर बुझाउने नेपाल टेलिकम धेरै नाफा गर्ने संस्थानको सूचीमा पहिलो नम्बरमा छ। उक्त आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनीले सबैभन्दा धेरै १५ अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ। नाफामा रहेका २६ सरकारी संस्थानमध्ये दूरसञ्चार एक्लैको हिस्सा ३६ प्रतिशत छ। 
यस्तै दोस्रो स्थानमा नेपाल आयल निगम रहेको छ। निगमले १० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ। निगमको नाफा सरकारी संस्थानको नाफाको २४ प्रतिशत हो।
 
बाँकी तीनवटामा सरकारी स्वामित्वका बैंकहरु रहेका छन्। नेपाल बैंकले ३ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७७ करोड र कृषि विकास बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानहरुको वार्षिक विवरणमा उल्लेख छ। 
 
पाँचवटा सरकारी संस्थानले कूल नाफाको ८१.२५ प्रतिशत हिस्सा ओगटेका छन्। बाँकी २१ वटा संस्थाले १८.७५ प्रतिशत नाफा गरेका छन्। ती २१ संस्थानले ८ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेका थिए।