BIZMANDU
www.bizmandu.com

जोनडियर ट्र्याक्टरमा लगानी गर्न नबिल बैंकसँग समझदारी, ७५% सम्म ऋण दिइने

२०७५ जेठ ११

जोनडियर ट्र्याक्टरमा लगानी गर्न नबिल बैंकसँग समझदारी, ७५% सम्म ऋण दिइने
जोनडियर ट्र्याक्टरमा लगानी गर्न नबिल बैंकसँग समझदारी, ७५% सम्म ऋण दिइने

काठमाडौं। नबिल बैंकले एमभी दुगडको जोनडियर ट्र्याक्टरमा लगानी गर्ने भएको छ। बैंकले यसमा ७५ प्रतिशतसम्म लगानी गर्ने गरी सम्झौता गरेको छ।


 
जोनडियर ट्र्याक्टर विवेक अटोमोबाइल्स प्रालिले बिक्री गर्दै आएको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार कृषि कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन सम्झौता गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
 
सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका अध्यक्ष विवेक दुगड र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life