BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले कुन संस्था खरीद गर्न लाग्यो? ऋणपत्र जारी गर्ने, दुई सञ्चालकको नियुक्ति अनुमोदन

२०७५ जेठ ११

प्रभु बैंकले कुन संस्था खरीद गर्न लाग्यो? ऋणपत्र जारी गर्ने, दुई सञ्चालकको नियुक्ति अनुमोदन
प्रभु बैंकले कुन संस्था खरीद गर्न लाग्यो? ऋणपत्र जारी गर्ने, दुई सञ्चालकको नियुक्ति अनुमोदन

काठमाडौं। प्रभु बैंकको १६औं बार्षिक साधारणसभाले सञ्चालक समितिका दुई सदस्यको नियुक्तिलाई अनुमोदन गरेको छ। सभाले अर्को बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ।

Tata
GBIME
Nepal Life

सभाले  अन्य बैंक तथा वित्तीय संस्थाएक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउने निर्णय गर्दै बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने उल्लेख छ।

बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।सभाले शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तिलाई अनुमोदन गरेको हो। 



 
बैंकको साधारणसभाले डिवेञ्चर तथा वण्ड जारी गर्ने, सार्वजनिक निस्कासन गरिएका धितोपत्रहरु निस्कासन हुँदा लगानीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तिमा एक जना महिला सञ्चालक रहने निर्णय समेत गरेको छ।