BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्ने प्रकृया थाल्यो, आइएफसीले पैसा दिने

२०७५ जेठ १०

काठमाडौं। सानिमा बैंकले विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्ने प्रकृया सुरु गरेको छ। बैंकले यसका लागि  विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग कर्जा सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ। 


 
सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन्। 
 
सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने पाण्डेले बताए। आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्ने उनले बताए। बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम छन्।

Tata
GBIME
Nepal Life