BIZMANDU
www.bizmandu.com

सेन्चुरी बैंकले मण्डिखाटारमा शाखा खोल्यो, कपनमा एक्सटेन्सन काउन्टर बिस्तार

२०७५ जेठ १०

काठमाडौं। सेन्चुरी बैंकले बुढानिकण्ठको मण्डिखाटारमा शाखा खोलेको छ। नयाँ शाखाको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपनमा १२ नम्बर वडा कार्यालमा एक्सटेन्सन काउन्टर समेत खोलेको जनाएको छ। बैकले त्यस काउन्टरबाट सुरक्षा भत्ता वितरण गर्ने प्रेस बिज्ञप्तीमा उल्लेख छ।

यो सँगै बैंकको काठमाडौं उपत्यकामा १२ वटा शाखाहरु र ६ वटा एक्सटेनसन काउन्टरबाट सेवा दिइरहेको जनाएको छ। उपत्यका बाहिर बैंकका ८२ वटा शाखाहरु र तीनवटा एक्सटेन्सन काउन्टर संचालनमा छन्। बैंकले १० स्थानमा शाखारहित बैंकिङ सेवा पनि दिइरहेको जनाएको छ।