BIZMANDU
www.bizmandu.com

बैंकहरुले नाटकीय रुपमा ब्याज खर्च उच्च देखाएका हुन्? राष्ट्र बैंकले भन्यो: बदमासी भइरहेको छ

२०७५ जेठ १०

काठमाडौं। बैंकहरुले निक्षेपको लागत उच्च दरमा बढेको बताइरहँदा राष्ट्र बैंकले भने निक्षेपको औषत ब्याज दर ६.६४ प्रतिशत रहेको तथ्यांक सार्बजनिक गरेको छ। 
 
राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै बैंकहरुले तोकिएको स्प्रेडभन्दा माथि गएर ऋण लगानी गरिरहेको जनाएको छ। 'निक्षेपको औषत ब्याज दर ६.६४ प्रतिशत छ। ऋणको औषत ब्याज दर १२.१० प्रतिशत छ' राष्ट्र बैंकले भनेको छ, 'स्प्रेड दर ५.४६ प्रतिशत रहेको छ।'
 
राष्ट्र बैंकले ५ प्रतिशतभन्दा बढि स्प्रेड दर कायम गर्न नपाउने निर्देशन नै दिएको छ। त्यसको बर्खिलापमा गएर बैंकहरुले लगानी गरिरहेका छन्। बैंकहरुको निक्षेपको ब्याज दर ६.६४ प्रतिशत हुँदा आधार ब्याज दर १०.४ प्रतिशत पुग्नुलाई प्रशासनिक खर्च उच्च भएको रुपमा टिप्पणी गरेको छ।
 
'आफ्नो प्रशासनिक खर्च मनपरी बढाएर आधार दरलाई बृद्धि गरिएको छ' राष्ट्र बैंकका एक अधिकारीले भने, 'स्प्रेड पनि नाघेर लगानी भएको छ।' उनका अनुशार, बैंकहरुले ब्याज दरमा बदमाशी गरिरहेका छन्।
 

Tata
GBIME
Nepal Life