BIZMANDU
www.bizmandu.com

सन्दीपलाई २५ लाखको टाटा टिगोर कार, सिप्रदी ट्रेडिङसँग तीन वर्षे सम्झौता

२०७५ जेठ १०

काठमाडौं।इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा स्टार सन्दीप लामिछानेलाई टाटा मोटर्सको आधिकारिक  बिक्रेेेता  सिप्रदी ट्रेडिङ प्रालिले कार प्रदान गरेको छ।
 

आइपीएल खेल्दै नेपाललाई विश्वमा चिनाउन सफल भएका १७ वर्षीय लेगस्पीनर सन्दीपलाई बुधवार सिप्रदीले २४ लाख ९५ हजार बजार मूल्य भएको टाटा टिगोर कार प्रदान गरेको हो।सिप्रदीका सिइअो राजेश बाबु श्रेष्ठले सन्दीपलाई टाटा कारको साँचो हस्तान्तरण गरे।
 
यस्तै सिप्रदीले सन्दीपलाई ३ वर्षको लागि सम्झौता समेत गरेको छ। सिप्रदीले डेढ वर्षदेखि क्रिकेटरद्वय आरिफ शेख र सुनिल धमलालाई पनि सहयोग गर्दै आएको छ।
 

टाटासँग जोडिंदै कार प्राप्त गरेपछि सन्दीपले एकदमै खुशी भएको बताए। उनले सिप्रदीसँग यसअघि नै क्रिकेट खेलाडीहरु जोडिएको बताउँदै आगामी दिनमा अझै धेरै खेलाडीहरु टाटासँग जोडिने विश्वास व्यक्त गरे। सिप्रदीका सिइअो श्रेष्ठले युवा उमेरमै आइपीएल खेलेका सन्दीपसँग सम्झौता गर्न पाउँदा एकदमै गौरवान्वति भएको बताए।
 
आइपीएलमा दिल्ली डेयरडेभिल्सबाट ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीप केहीदिनपछि विश्व ११ बाट वेष्टइन्डिज विरुद्ध लर्ड्समा खेल्न इंग्ल्याण्ड जाँदैछन्।

Tata
GBIME
Nepal Life